नर्भिकको सहयोगपछि बालकले पाए नयाँ जीवन
नेपालबहस संवाददाता
साउन ३१, २०७९ मंगलबार २२:५७:१४
३१ साउन, काठमाडौं । उपचार खर्चको अभावमा गम्भीर अवस्थामा पुगेका एक बालकलाई नर्भिक अस्पतालले उद्धार गरी नयाँ जीवन दिएको छ ।
नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत जनकपुरको लक्ष्मीनारायण गाउँपालिकास्थित सपहीका स्थायीबासी ८ वर्षीय बालक विजय महतोलाई उपचारमा सहुलियतसँगै पूर्ण रुपमा निको बनाई घर पठाएको हो ।
आर्थिक अवस्था अत्यन्त कमजोर रहेका ८ वर्षीय बालकको पेटको अगाडिको भागको मांसपेशीमा एक्कासी पिप जम्मा भएको थियो । उनका बुबा शिवशरण महतोका अनुसार जनकपुरका अस्पतालमा देखाउँदा त्यहाँका चिकित्सकले उपचार गर्न नसक्ने बताएपछि बालकलाई काठमाण्डौ ल्याइएको थियो । आर्थिक अवस्था कमजोर रहेका कारण राम्रो अस्पताल लैजानसक्ने अवस्था आफ्नो नरहेको, तर आफू नर्भिकमा आएर कुरा गर्दा उपचारमा सहुलियतसँगै राम्रो उपचार सुविधा पाएको बताए ।
‘नर्भिकले उपचार खर्चमा समेत निकै छुट दिएर मजस्तो गरीबलाई गुण लगाएको छ ।’ महतोले भने–‘उपचारमा संलग्न डा. अभय यादवले समेत हामीलाई छुट दिए । उनीहरुकै सहयोगले आज मेरो छोरा ठीक भएको छ ।’ पेटको मांसपेशीमा जमेको पिप र त्यसको पीडाका कारण नर्भिक आउँदा विजय महतो हिँड्नसक्ने अवस्थामा थिएनन् । उपचार गरेर निकै ठीक भएपछि घर फर्किनुअघि सोमबार उनी ठमठमी हिँड्नसक्ने भएका थिए ।
नर्भिकका प्रबन्ध निर्देशक मेघा चौधरीको निर्देशनमा बालकको उपचार व्यवस्था मिलाइएको थियो । डा. अभय यादव नेतृत्वको टिमले महतोको उपचार गरेको थियो । यादव नेतृत्वको टिममा सहभागी चिकित्सक डा. सुशील कायस्थले गम्भीर अवस्थाका बालकले उपचारपछि नयाँ जीवन पाएका बताए ।
इन्फेक्सनका कारण बालकको अवस्था निकै गम्भीर बनेको स्मरण गर्दै उनले भने–‘बेलैमा उपचार भएको थिएन भने अवस्था निकै गम्भीर बन्नसक्थ्यो । उपचारपछि अहिले उनको अवस्था निकै राम्रो भएको छ । तर ती बालकले एन्टीबायोटिक चाहिँ निकै लामो समयसम्म खानुपर्ने हुन्छ ।’
नर्भिकका प्रबन्ध निर्देशक मेघा चौधरीले अस्पतालले संस्थागत सामाजिक उत्तरदायीत्वअन्तर्गत बर्षेनी गरीब र निमुखा नागरिकहरुको उद्धार गरी निःशुल्क उपचार सेवा दिंदै आएको बताइन् । आगामी दिनमा पनि अस्पतालले खर्चकै अभावमा उपचार गर्न नसक्नेहरुलाई सहयोग गर्ने उनको प्रतिबद्धता छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनर्सहरुमाथिको दमन आखिर कहिलेसम्म ?
जेठ ८, २०८० सोमबार
अषाढ मै रौतहट पुर्ण खोप जिल्ला घोषणा हुने
जेठ ६, २०८० शनिबार
सबै अस्पतालको उपकरण जाँच १५ दिनभित्र गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
जेठ ५, २०८० शुक्रबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार