९ आश्विन २०७९, आईतवार

नेदरल्यान्डविरुद्ध पाकिस्तानको जित

प्रकाशित मिति :  १ भाद्र २०७९, बुधबार ०७:४४


१ भदौ, एजेन्सी । नेदरल्यान्डविरुद्धको पहिलो एकदिवसीय खेलमा पाहुना टोली पाकिस्तान १६ रनले विजयी भएको छ । योसँगै तीन खेलको शृंखलामा पाकिस्तानले १० को अग्रता बनाएको छ ।

मंगलबार राति पाहुना टोली पाकिस्तानले दिएको ३१५ रनको लक्ष्य नेदरल्यान्डले ५० ओभरमा ८ विकेट गुमाएर २९८ रन मात्र बनाउन सक्यो।

नेदरल्यान्डका स्कट एडवार्डले सर्वाधिक ७१ रन बनाए । यस्तै,बिक्रमजित सिंह र टम कपुरले समान ६५ रनको योगदान गरे । पाकिस्तानका हरिस राउफ तथा नसिम शाहले समान तीन विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ६ विकेट गुमाएर ३१४ रन बनायो ।

यसका फकर जमानले सर्वाधिक १०९ रन बनाए । यस्तै, कप्तान बाबर अजामले ७४ रन र सादाव खानले अविजित ४८ को योगदान गरे । नेदरल्यान्डका लोगान भान विक तथा बास डि लिडीले समान दुई विकेट लिए ।


78
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा