छिनछिनमा विद्युत अवरुद्ध हुँदा सेवाग्राही हैरान
नेपालबहस संवाददाता
भदौ १, २०७९ बुधबार १८:१६:१
१ भदौ, खोटाङ । विद्युत छिनमा आउने र छिनमै जाने समस्याले खोटाङका सेवाग्राही हैरान भएका छन् । एकैदिन दर्जनौंपटक विद्युत आउने र जाने समस्याले सेवाग्राही मारमा परेका हुन् ।
झ्याप्प आउने र झ्याप्प जाने विद्युतले विद्युतीय उपकरणमा क्षति पुगेको र नियमित काम गर्न नसकिएको सेवाग्राहीको गुनासो छ । दिनमा दर्जनौंपटक विद्युत जाने र आउने समस्याका विषयमा पत्रकारले चासो दिएका छन् ।
मंगलबार नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख इन्जिनियर विजयराज रेग्मीलाई भेट गरी पत्रकारको टोलीले विद्युत नियमित गराउन ध्यानकर्षण गराएका छन् । पत्रकार महासंघ शाखा अध्यक्ष दिलीप खत्री नेतृत्वको पत्रकारको टोलीले छिनछिनमा विद्युत अवरुद्ध हुनुको कारण माग गरेका थिए ।
पत्रकारको टोलीले विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रको सेवा प्रवाहमाथि प्रश्न उठाउँदै चुस्तदुरुस्त सेवा उपलव्ध गराउन रेग्मीको ध्यानाकर्षण गराएका छन् । पटकपटक विद्युत अवरुद्ध हुँदा समाचार सम्प्रेषणमा समस्या भएको पत्रकारहरूले बताएका छन् ।
जिल्लामा आइतबारयता छिनछिनमा बत्ती आउने र जाने समस्या देखिएको छ । हावाहुरीका कारण पोल तथा तार छोएका बाँस तथा रुखको हाँगो पन्छाउने क्रममा पटकपटक लाइन काट्नु परेको विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख रेग्मीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबजेट अभावमा मर्मत भएन गण्डक जलविद्युतको टर्वाइन
चैत ८, २०८० बिहिबार
दुई हजार तीन सय ८० खानेपानी आयोजना निर्माण
चैत ८, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
सिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार
क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार