९ आश्विन २०७९, आईतवार
राजनीति
राजनीति

वरिष्ठ नेता डा‍. शेखर कोइरालाकाे चियापानमा जनप्रतिनिधिकाे उत्साहजनक सहभागिता, नेताहरू चुनाव केन्द्रित गफगाफमा !

प्रकाशित मिति :  १ भाद्र २०७९, बुधबार १२:५४


१ भदौ, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा‍.शेखर कोइरालाले काठमाडौंमा चियापान कार्यक्रमकाे आयोजना गरेका छन् । कोइरालाले काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बुधबार बिहान आयोजना गरेकाे चियापानमा कांग्रेसका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति थियो।

पार्टीबाट उम्मेदवार भई गत वैशाखको स्थानीय चुनाव जितेका जनप्रतिनिधिलाई वरिष्ठ नेता कोइरालाले चियापानमा बोलाएका हुन् । सचिवालयका अनुसार स्थानीय तहमा पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुको सम्मानमा बत्तीसपुतलीको अनुपम फुडल्याण्डमा कोइरालाले आज बिहान चियापान कार्यक्रमको आयोजना गरेका थिए ।

कांग्रेसले साउन ३० र ३१ गते ललितपुरको सानेपामा आयोजना गरेको दुई दिने अभिमुखीकरण कार्यक्रममा सहभागी हुन आएका देशभरका प्रतिनिधिलाई कोइरालाले चियापानमा सहभागी हुन आग्रह गरेका थिए । सोही अनुसार जनप्रतिनिधिहरु चियापानमा सहभागी भएको सचिवालयले जनाएको छ ।

कोइरालाको निम्तोमा जिल्ला समन्वय समितिका ३४ प्रमुख, २३ उपप्रमुख, १४१ मेयर, ११० उपमेयर, १८८ अध्यक्ष र १९० उपाध्यक्ष चियापानमा सहभागी भएका थिए ।

कोइरालाले राखेको भेलामा सभापति शेरबहादुर देउवानिकट पदाधिकारीहरू र केन्द्रीय सदस्यहरू पनि पुगेको बताइएको छ । पूर्वउपसभापति विजयकुमार गच्छदार, सहमहामन्त्रीद्वय महालक्ष्मी उपाध्याय डिना, केन्द्रीय सदस्यद्वय रामहरि खतिवडा, अमृत अर्याल, नैनसिंह महर, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलगायत चियापानमा पुगेका थिए ।

नेता शेखरसहित उपसभापति धनराज गुरूङ, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार, नेताहरू रामशरण महत, बलबहादुर केसी, चन्द्र भण्डारी, कमला पन्त, प्रकाश स्नेही, गण्डकी कांग्रेस सभापति शुक्रराज शर्मा, लुम्बिनी सभापति अमरसिंह पुन, नेता गुरू घिमिरे, भूपेन्द्रजंग शाही, जगदीश्वरनरसिंह केसी, राजेन्द्र बजगाईंलगायत पनि चियापानमा सहभागी थिए।

जनप्रतिनिधि र केन्द्रीय सदस्यहरू उपस्थित कार्यक्रममा कोइरालाले सम्बोधन भने गरेनन्। तर पनि चियापानमा सहभागी जनप्रतिनिधि र केन्द्रीय नेताहरू आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनाव केन्द्रित देखिएका थिए । उनीहरुबीच कसन नेता तथा कार्यकर्ताहरू गठबन्धनबाट चुनाव लड्दा कसले कहाँ टिकट लिनेजस्ता कुरा गरिरहेका थिए। चियापानमा सहभागी जनप्रतिनिधिहरू र केन्द्रीय नेताहरू जेरी, पुरी र चिया खाएर निस्किएका थिए।


15.3k
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा





पहाड झरे भेडीगोठ
नेपालबहस संवाददाता