९ आश्विन २०७९, आईतवार

सिके राउत १ नम्बरमा, रवि लामिछाने ८४ नम्बरमा छानबिन शुरु

प्रकाशित मिति :  १ भाद्र २०७९, बुधबार १३:४२


१ भदौ, काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगमा ८४ वटा राजनीतिक दल दर्ता भएका छन् ।

आयोगले निर्वाचन प्रयोजनको निम्ति हिजोसम्म दल दर्ताको समय तोकेको थियो । अन्तिम दिन साँझ ५ बजेसम्म दर्ता भएका राजनीतिक दलको सूची सार्वजनिक भएको छ ।

आजबाट आयोगले ती दलले बुझाएका कागजपत्रको जाँचबुझ थालिने जानकारी दिएको छ । कमल थापाको राप्रपा नेपाल १६ नम्बरमा,राजेन्द्र लिङ्देनको राप्रपा ३१ नम्बरमा र माधवकुमार नेपालको नेकपा एकीकृत समाजवादी पार्टी २८ नम्बरमा दर्ता भएका छन् ।

केही राजनीतिक दलले भने समूहगत रूपमा निर्वाचनमा जाने जानकारी गराएका छन् । दर्ताको पहिलो नम्बरमा सिके राउत नेतृत्वको जनमत पार्टी छ भने अन्तिममा रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टी दर्ता भएको छ ।माओवादी केन्द्र ४३ नम्बरमा छ भने एमाले १० नम्बरमा दर्ता भएको छ ।


1.51k
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा