‘पर्यटन व्यवसाय प्राथमिकतामा’
नेपालबहस संवाददाता
भदौ १, २०७९ बुधबार २०:४७:२७
१ भदौ, (रामपुर) । लुम्बिनी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वीरबहादुर रानाले पाल्पाको विकासका लागि पर्यटन व्यवसायलाई पहिलो प्राथमिकता दिनुपर्ने बताएका छन् ।
पर्यटन विकास भयो भने आयस्रोत पनि बढ्ने हुुँदा व्यवसायलाई जोड दिनुपर्ने मन्त्री राना बताउछन् । होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घ पाल्पाको आयोजनामा भएको दोस्रो तथा तेस्रो साधारणसभाको आज उद्घाटन गर्नुहुँदै मन्त्री रानाले जिल्लामा ऐतिहासिक तथा धार्मिक, पर्यटकीय क्षेत्र प्रशस्त रहेका हुँदा यसको विकास गरेर नमूना पर्यटकीय सहर बनाउन सकिने बताए ।
लुम्बिनी र पोखराको बीच भागमा पर्ने पाल्पा सदरमुकाम तानसेनमा आन्तरिक तथा बाह्य पर्यटक भित्रिने गरेका छन् । सदरमुकाम आएका पर्यटकलाई जिल्लाका अन्य पर्यटकीय क्षेत्रमा पु¥याउन पर्यटन विकासको आवश्यकता रहेको मन्त्री रानाको भनाइ छ । जिल्लामा ओझेलमा परेका थुप्रै पर्यटकीय स्थल रहेको उल्लेख गर्दै उहाँले यिनको विकास गरेर पाल्पा नमूना जिल्ला बन्ने बताए ।
होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घ पाल्पाका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले ठूला लगानीमा व्यापार तथा व्यवसाय, उद्योग खुल्ने क्रम बढिरहेको बताए । लुम्बिनी र पोखरा आउने बाह्य पर्यटकलाई आकर्षित गर्नुपर्नेमा उहाँले जोड दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुगल हिमाल आरोहणको अन्तिम तयारीमा
चैत १६, २०८० शुक्रबार
अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै
चैत १६, २०८० शुक्रबार
हिमालमा पर्यटकलाई हेलिकोप्टरको सहारा
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार
क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार