९ आश्विन २०७९, आईतवार
लुम्बिनी प्रदेश

छुट्टाछुट्टै घटनामा बाँकेमा दुईजनाको मृत्यु

प्रकाशित मिति :  १ भाद्र २०७९, बुधबार १५:३०


१ भदौ, नेपालगञ्ज । बाँकेमा छुट्टाछुट्टै घटनामा आज दुईजनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका र नेपालगञ्ज उपमहानगरपालिकामा एक एकजनाको मृत्यु भएको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाको आरम्भ पुनःस्थापना सुधार केन्द्रमा बढैयाताल गाउँपालिका–८ का ५२ वर्षीय रमेश अधिकारीको मृत्यु भएको हो ।

नेपालगञ्ज उपमहानगरपालिका–१० मा रहेको सुधार केन्द्रमा उनलाई असहज भएपछि अस्पताल लैजाँदै गर्दा बाटोमै अधिकारीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए। उनी एक साताअघि मात्रै उक्त सुधार केन्द्रमा आएका थिए ।

अधिकारीको मृत्युका विषयमा अनुसन्धान अघि बढायएको उनले बताए । त्यस्तै कोहलपुर–७ स्थित जङ्गलमा आज एक बालकको शव फेला परेको छ । कोहलपुर–१४ का अन्दाजी १६ वर्षीय बालकको शव फेला परेको प्रहरी नायव उरीक्षक घर्तीले जानकारी दिए ।

उनको शरीर र टाउकोमा चोट छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानको क्रममा शङ्कास्पद एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


130
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा