लाल सिंह चड्ढा, आमिरका १० गल्ती !
नेपालबहस संवाददाता
भदौ १, २०७९ बुधबार २२:२४:१८
१ भदौ, एजेन्सी । आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’ले बक्सअफिसमा धिमा गतिमा कलेक्सन गरेको सबैलाई थाहा नै छ । खासगरी यो फिल्मलाई बहिस्कार गर्नुपर्ने माग बढ्दै गएपछि उनको फिल्म संकटमा पर्न थालेको हो । यो भयो व्यावसायिक कुरा ।
तर, आमिरको फिल्म फ्लप हुनुमा उनले गरेका १० गल्ती आफैंमा प्रमाण हुन् । विवाद र चर्चामा आउन नरुचाउने यी अभिनेताका यी १० गल्तीले उनको फिल्मको व्यापारमा ठूलो असर गर्यो । यहाँ उनका ती गल्तीबारे चर्चा गरिएको छ ।
ठग्स अफ हिन्दुस्तानको प्रेम
आमिर आफ्नो पछिल्लो फिल्म ‘ठग्स अफ हिन्दुस्तान’मा केही फरक लुक्समा थिए । फिल्मको हरेक फ्रेममा उनको छाप थियो र त्यो छापमा सहयोगी थिइन् फिल्मकी अभिनेत्री फातिमा सना शेख । यशराज फिल्मस्को ब्यानरमा बनेको यो फिल्ममा निर्देशक विजयकृष्ण आचार्य केवल नाममा मात्रका निर्देशक थिए । किनकि फिल्म रिलिजपछि प्राप्त प्रतिक्रियाले यसको पुष्टि गरेको छ । यो फिल्ममा अभिनय गरिरहँदा फातिमासँग उनको नाम जोडिएपछि त्यो श्रृंखला अहिलेसम्म जारी छ ।
किरणसँग अलग्गिने निर्णय
आमिरको आफ्नो ब्राण्डमा त्यो समय झट्का लाग्यो, जुन बेला अर्थात् कोरोना संक्रमणकालमा उनले दोस्रो पत्नी किरण रावसँग अलग्गिने निर्णय लिए । किरण र आमिरबीच आन्तरिक रुपमा खटपट थियो । त्यसको कारण अभिनेत्री फातिमा नै थिइन् । एक तिहारमा फातिमा आमिरको घर पुगेकी थिइन् । किरणलाई यो कुरा मनपरेन । जसकारण त्यहाँ उपस्थित अन्य पाहुनामाझ हंगामा नै भयो । यही कुराले आमिर र किरणबीच सम्बन्ध बिग्रँदै गएको थियो ।
टर्कीमा सुटिङको निर्णय
टर्कीको खलिफालाई मुसलमानको अलमबरदार बनाउने विषयमा सुरु भएको खिलाफत आन्दोलनको दिनदेखि नै टर्कीलाई लिएर देशमा एक ठूलो वर्गको रिस तीव्र थियो । देशमा फैलिएको कोरोना संक्रमणका बेला आमिर फिल्मको सुटिङको लागि सम्भावना अध्ययन गर्न टर्की जाने निर्णय लिए । यो विषयलाई लिएर उनी सामाजिक सञ्जालमा निकै ट्रोल बने ।
मोबाइल नबोक्ने ढोङ
आमिरले फिल्म रिलिज नभएसम्म मोबाइलको प्रयोग नगर्ने घोषणा गरेका थिए । उनले फिल्मको पोस्ट प्रोडक्सनसम्मको कामलाई राम्रोसँग नियाल्नका लागि यो निर्णय लिएका थिए । केहीले उनको निर्णयलाई स्वागतयोग्य भने पनि अधिकांशले यसको विरोध गरे । आमिरले यो निर्णयसँगै आफ्ना सबै सामाजिक सञ्जाल बन्द गरे । आमिरले आफू जति प्रशंसकसँग टाढिन्छु उति नै उनीहरुले आफूप्रति दूरी बनाउँछन् भन्ने कुरा बुझेनन् ।
ब्राण्डिङमा मनी लण्ड्रिङको दाग
फिल्म रिलिज अघि उनका विरोधीले फिल्मको विरोध गर्ने पूर्ण योजना हप्तौं अघिदेखि नै बनाएका थिए । तर, आमिर खान प्रोडक्सनको मार्केटिङ र पीआर टिम मरुभूतिको अष्ट्रिच बनिरह्यो । आमिरको निजी र फिल्मको ब्राण्ड गर्नमा कुनै किसिमको प्रयास भएन । यहीबीचमा आमिरको फिल्म चीनमा यसकारण रिलिज हुन्छ कि उनीमार्फत भारतमा स्रोत नखुलेको पैसा आउँछ भन्ने हल्लासमेत फिजाइयो । यो कुराको जानकारी मुम्बईको सम्बन्धित् एजेन्सीसम्म पुग्यो ।
अतिरिक्त चतुर्याइँले नोक्सान
आमिरलाई उनका नजिककाले बलिउडको जिनियस भनेर नै जहिल्यै प्रस्तुत गर्यो । हरेक पटक उनलाई उनी आफ्नो फिल्मको मार्केटिङ गुरु ठान्थे । तर यसपटक उनको टिमले यस्तो कदम उठायो, जुन कदमले सबै काम असफल भयो । सामाजिक सञ्जाल त्यति सक्रिय थिएन, आमिरले मिडियाका माध्यमबाट आफ्नो छवि जुन किसिमले चम्काएका थिए, ती सबै कदम यसपटक उनकै विपरीत भइदियो । आलोचकसँग बनेको उनको दूरी बढ्नु र उनको वरपर हरेक पटक ‘यस सर’ भन्ने व्यक्तिको उपस्थितिले फिल्मलाई ठूलो नोक्सान पुर्यायो ।
लाल सिंह चड्ढाअघि हरफनमौला
आमिरका प्रशंसक जुन दिन उनको फिल्मको प्रतिक्षा गरिरहेका थिए, आमिरले आफ्नो साथी अमीन हाजीको फिल्म ‘कोई जाने ना’को ‘हरफनमौला’ गीतमा नाचेका थिए । यो फिल्ममा आमिरले एली अवरामसँग नाच्दा फिल्मलाई कुनै फाइदा पुगेन । बरु उनले आफ्नो छविलाई पुनः गुमाए । उनी तमाम विज्ञापन फिल्ममा देखिए पनि त्यसले खासै केही फरक पारेन ।
पहिलो पत्रकार भेटमा फँसे आमिर
आमिरलाई मार्केटिङ गुरु मान्ने उनको मार्केटिङ र पीआर टिमले फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ सुपरफ्लप भएपछि एक स्थानमा माफी माग्न तयार पारेका थिए । त्यो बेला माफी मागेको भिडियो यसपटक फिल्म ‘लाल सिंह चड्ढा’को रिलिजको दोस्रो दिन नै सामाजिक सञ्जालमा भाइरल बन्यो । फिल्मको विरोध गरिरहेका व्यक्तिहरुले त्यो भिडियोलाई आमिरले यही फिल्मका लागि माफी मागेको भन्दै प्रचार गरे । त्यही प्रचार फिल्मका लागि घातक बन्यो ।
प्रचारबाट गायब अपरेसन ब्लूस्टार
फिल्मको कथाको हिसाबले फिल्मको प्रचार भएको भए सायद यति विरोध हुँदैन थियो । फिल्ममा ‘अपरेसन ब्लुस्टार’पछि भएको सिख दंगामा विशेष केन्द्रित छ । तर, यो मुद्दामा फिल्म प्रचारको कुनै दाबी पुष्टि गरिएको छैन । बीजेपीका लागि यो मुद्दा कांग्रेसलाई कठघरमा खडा गर्ने मौका हुन्थ्यो । तर, आमिर फिल्ममा राजनीतिक रंग दिन चाहँदैन थिए ।
प्रेस शोमा लुकाछिपी
फिल्मका लागि प्रेस शो आमिर महत्वपूर्ण मान्छन् । तर यसपटक फिल्मको प्रेस शोमा उनले सबै समीक्षकलाई खबर गरेनन् । अधिकांशलाई यसपटक आधा रातमा मात्र खबर पुग्यो । यही लुकाछिपीको असर फिल्मले भोग्यो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘टाइटानिक’ मा हिरोइन बचाउने ढोकाको लिलामी
चैत १५, २०८० बिहिबार
सिद्धार्थ र अदिति विवाह बन्धनमा बाँधिए
चैत १४, २०८० बुधबार
ऋतिकको सुपरहिरो थ्रिलर फिल्म क्रिस ४ को तयारी सुरु
चैत १४, २०८० बुधबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
सिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार
क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
चैत १६, २०८० शुक्रबार
सुदूरपश्चिम सरकारबाट नबाहिरिए दलका नेता चौधरीलाई कारवाही गर्ने रञ्जिताको चेतावनी
चैत १६, २०८० शुक्रबार
आगामी वर्षको बजेट लेख्न अर्थ मन्त्रालयले बनायो समिति
चैत १६, २०८० शुक्रबार