परराष्ट्र सल्लाहकार सुवेदी र राजदूत पोलिटबीच भेटवार्ता
नेपालबहस संवाददाता
भदौ १, २०७९ बुधबार २३:१६:२९
१ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका परराष्ट्र सल्लाहकार अरुण सुवेदी र नेपालका लागि संयुक्त अधिराज्यका राजदूत निकोला क्याथरिन पोलिटबीच शिष्टाचार भेटवार्ता भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटवार्तामा उनीहरुबीच द्विपक्षीय हितका विविध विषयमा छलफल भएको सल्लाहकार सुवेदीले जानकारी दिए । भेटमा सल्लाहकार सुवेदीले नेपाल र बेलायत निकै पुराना मित्र राष्ट्र रहेको भन्दै नेपालको विकास निर्माण र लोकतान्त्रिकरणमा बेलायतले निरन्तर गरिरहेको सहयोगको प्रशंसा गरे ।
साथै उनीहरूबीच नेपाली वायुसेवालाई युरोपेली युनियन (इयु) ले गरेको कालो सूचीबाट हटाउने विषयमा छलफल भएको थियो । इयुले नेपाली वायुसेवालाई कालो सूचीमा राख्दा बेलायतमा समेत नेपाली वायुसेवाले उडान भर्न सकेको छैन । सो अवसरमा राजदूत पोलिटले नेपालको विकास निर्माणका साथै प्रजातन्त्र र मनावअधिकारका क्षेत्रमा बेलायतको सहयोग जारी रहने बताएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सर्वोच्चले गरिदियो कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
चैत १६, २०८० शुक्रबार
मन्त्रीहरुलाई राष्ट्रिय सभामा उपस्थित हुन निर्देशन
चैत १६, २०८० शुक्रबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार