९ आश्विन २०७९, आईतवार
जिप दुर्घटना

दार्चुलामा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु, चार जना घाइते

प्रकाशित मिति :  १ भाद्र २०७९, बुधबार १७:४३


१ भदौ, दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका-६ उल्लानी भन्ने ठाउँमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। से १ ज ५५१ नम्बरको जिप दुर्घटना हुँदा चार जना पुरुष र एक जना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका चार जनाको उद्दार गरेर उपचारका लागि गोकुलेश्वर पठाइएको छ भने अन्य घाइतेको उद्दार भइरहेको छ । जीप सडकबाट करीब पाँच सय मिटर तल खसेको छ ।


221
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा