९ आश्विन २०७९, आईतवार
बन्चरेडाँडा

प्रहरीको विशेष सुरक्षामा बन्चरेडाँडामा फोहोर खन्याउन सुरु

प्रकाशित मिति :  १ भाद्र २०७९, बुधबार १८:०२


१ भदौ, काठमाडौं । प्रहरीको विशेष सुरक्षामा काठमाडौं उपत्यकाको फोहोर बन्चरेडाँडामा खन्याउन सुरु भएकाे छ ।आज पनि स्थानीयको विरोधका बीच प्रहरीले स्कर्टिङमै फोहोर बाेकेको गाडी बन्चरेडाँडामा लगेर फाल्नका लागि दुई जना प्रहरी उपरीक्षक ‘एसपी’ खटिएका छन् ।

स्थानीयको विरोधको बाबजुत आज पनि फोहोर खन्याउने बेलामा तनाव भएपछि काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेराज मैनाली र सशस्त्र प्रहरीका एसपी ज्ञानप्रसाद भुर्तेलको टोली बन्चरेडाँडा खटिएकाे बताइएकाे छ ।

आज पनि तनाव हुँदा केहीबेर अघिदेखि स्थानीयको अवरोध हटाएर प्रहरीको विशेष सुरक्षा घेरामा काठमाडौंको फोहोर बञ्चरेडाँडामा खन्याउन सुरु भएको छ । तर मंगलबार स्थानीयको अवरोध चिर्न रबरको गोली नै प्रहार गर्नु परेको थियो । बल प्रयोग गरेर १८६ गाडी फोहोर मंगलबार बन्चरेडाँडामा पुर्याइएको थियो ।

बुधबार फोहोरको गाडी बोकेर बन्चरेडाँडा पुगेका गाडीलाई फोहार फाल्न स्थानीयले अवरोध खडा गरेपछि प्रहरी र स्थानीय बीच झडप समेत भएको छ । सो क्रममा प्रहरीले एकजनालाई नियन्त्रणमा समेत लिएको छ ।


195
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा