९ आश्विन २०७९, आईतवार
खबरदारी सभा

देउवाको एकलौटीविरुद्ध कोइराला पक्षकाे काठमाडौंमा खबरदारी सभा

प्रकाशित मिति :  १ भाद्र २०७९, बुधबार २१:०५


१ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको एकलौटीविरुद्ध वरिष्ठ नेता डा.शेखर कोइराला पक्षले काठमाडौं खबरदारी सभा गरेको छ ।

भ्रातृ संस्थामा शेखर पक्षीय नेपाल विद्यार्थी संघ, तरुण दल र महिला संघले संयुक्त रुपमा गरिएको खबरदारीमा सम्मानजनक हिस्सेदारी नभए अमान्य हुने नेताहरुले दोहोर्‍याएका छन् ।

संस्थापन पक्षविरुद्ध काठमाडौंमा गरेको खबरदारी सभामा बोल्ने वक्ताहरु सभापति देउवा समूहविरुद्ध खनिएका हुन् । उनीहरुले केन्द्रीय सदस्यमा हालसम्म २३ जना मनोनित हुँदा दुई जना मात्रै छुट्याइएकोप्रति नेताहरुले खेद प्रकट गरेका छन् ।

सभापति शेरबहादुर देउवाले नेविसंघ, तरुण दल, महिला संघ, किसान संघ र आदिवासी जनजाति संघमा मनोनित गरिएको मनोनितमा एउटा पक्षको परामर्शसमेत नगरिएको आपत्ति जनाएका थिए । भ्रातृ तथा पार्टीमा मनोनित गर्दा ४० प्रतिशतको हिस्साको हकदार आफूहरु रहेको नेताहरुको दाबी थियो ।

नेविसंघ, तरूण दल र नेपाल महिला संघको अध्यक्ष सभापति देउवाले आफू निकटलाई नियुक्त गरेका छन्। तर कार्यसमिति बनेको छैन। यीलगायत १० भ्रातृ संस्थामा नेतृत्व र पूर्णता दिन माग गर्दै कोइराला पक्षका नेता, कार्यकर्ताहरू संघर्षमा उत्रिएका हुन्।

कांग्रेसले गत फागुनमै भ्रातृ संस्थामा नेतृत्व दिन सभापति देउवालाई अधिकार दिएको थियो। तर अझै कतिपय भ्रातृ संस्था नेतृत्वविहीन छन्। समयमा महाधिवेशन गर्न नसकेर अधिकांश भ्रातृ संस्था विघटन भएका थिए।

पार्टीलाई सबैको साझा बनाउनुपर्नेमा सभापति एक्लै हिड्न खोजेको उनीहरुको गुनासो थियो । सभामा केन्द्रीय सदस्यहरु मधु आचार्य, सरिता प्रसाईं, किरण यादव, प्रतिमा गौतम, दिनेश कोइराला सहभागी थिए । साथै नेताहरु गुरुराज घिमिरे, भुपेन्द्रजंग शाही, जगदिश्वर नरसिह केसी पनि उपस्थित थिए ।


286
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा
पहाड झरे भेडीगोठ
नेपालबहस संवाददाता