मोवाईल बैंकिङको फण्ड ट्रान्सफरमा ‘ट्वीस्ट अफ टु अफर’
नेपालबहस संवाददाता
भदौ २१, २०७९ मंगलबार १९:४५:५९
२१ भदौ, काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडले आफ्ना सदस्य बैंक तथा वित्तीय संस्थाहरुसँगको सहकार्यमा मोवाइल बैंकिङबाट गरिने फण्ड ट्रान्सफरमा ‘ट्वीस्ट अफ टु’ अफर सार्वजनिक गरेको छ ।
याे अफर अन्तर्गत हरेक हप्ता मोवाइल बैकिङको प्लेटफर्मबाट कम्तीमा दुईवटा फण्ड ट्रान्सफर गर्ने मोवाइल बैंकिङ प्रयोगकर्ताहरुमध्ये १०२ जनाले रु। १०२ क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
याे अफर भदौ १९ देखि असोज २९ गतेसम्म लागु हुनेछ । आईतबारदेखि शनिबारसम्मको समयावधिमा लकी ड्र मार्फत साप्ताहिक विजेताहरु छानिने छन् र सोको जानकारी हरेक हप्ताको अन्त्य पछी वेबसाइटमा प्रकाशन गरिने कम्पनीले जनाएको छ ।
फण्ड ट्रान्सफर गर्नका निम्ती आफ्नो मोवाइल बैंकिङ एपमा लग–इन गरी, फण्ड ट्रान्सफर वा सेण्ड मनीमा क्लिक गरी फण्ड ट्रान्सफर गर्न कनेक्टआईपीएसलाई छनोट गर्नुपर्ने हुन्छ । कनेक्ट आईपीएस फण्ड ट्रान्सफर तथा यसको च्यानल प्लेटफर्म एनपीएस अन्तर्गतको रिटेल पेमेन्ट स्विच मार्फत सञ्चालनमा रहेको छ ।
कनेक्टआईपीएस मार्फत चालु आर्थिक वर्षको करिब देढ महिनामा रु। ३९५ अर्ब बराबरको ५२ लाख भन्दा बढी भुक्तानी कारोबार फछर््यौट भइसकेको कम्पनीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफोन पोइन्टस् र इसेवाबीच साझेदारी, रिवार्ड लोयल्टी कार्यक्रममा सहकार्य गर्ने
माघ ४, २०८० बिहिबार
एफवान सफ्ट ग्रुप द्वारा "फोनपोईन्ट्स" नामक नयाँ कम्पनीको सुरुवात
पुष २६, २०८० बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार