१८ मंसिर २०७९, आईतवार

हिमाल आरोहणमा नेपाल लाइफको सहकार्य

प्रकाशित मिति :  २१ भाद्र २०७९, मंगलवार १४:४४


२१ भदौ, काठमाडौं । गोर्खाको मध्यम परिवारमा जन्मिएकी पूर्णिमा श्रेष्ठ नेपालको हिमाल पर्वतारोहणमा परिचित नाम हो। उनी पेसाले फोटो पत्रकार हुन्। उनले सगरमाथासहित नेपालका ८ हजार मिटरभन्दा माथि उचाइका ७ वटा हिमाल चढिसकेकी छन्।

अब पूर्णिमा श्रेष्ठ बिना अक्सिजन मनास्लु हिमाल आरोहणमा जाँदै छिन्। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पूर्णिमा श्रेष्ठको साहसिक कार्यको कदर गर्दै सहकार्य गर्ने निर्णय गरेको छ। यसै सन्दर्भमा आइतबार कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र पूर्णिमा श्रेष्ठबीच सम्झौतामा हस्ताक्षर भएको छ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पराजुलीले पूर्णीमाको सफल आरोहणको कामना गरे। पूर्णिमाले आफ्नो हिमाल आरोहणमा नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीसँग सहयात्रा गर्न पाएकोमा गौरवान्वित भएको र हौसला मिलेको बताइन्।


52
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा