२२ मंसिर २०७९, बिहीबार

मिर्मिरे लघुवित्तको बोनस शेयर डिम्याट खातामा जम्मा

प्रकाशित मिति :  २ आश्विन २०७९, आईतवार १३:५८


२ असोज, काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरूको डिम्याट खातामा बोनस सेयर जम्मा गरिदिएको छ ।

कम्पनीले गत २९ पुसमा सम्पन्न ११ औं वार्षिक साधारण सभाबाट पारित भएको २० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराई शेयरधनीको हितग्राही खातामा जम्मा गर्न सुरु गरेको छ । कम्पनीले भदौ ३० गते नेप्सेमा सूचीकृत गराई भदौ ३१ गतेदेखि सम्बन्धित् शेयरधनीको हितग्राही खातामा पठाउन सुरु गरेको हो ।

भौतिक रुपमा शेयर धारण गरेका शेयरधनीहरूले कम्पनीको सेयर अभौतिकीकरण गराएपश्चात् स्वतः हितग्राही खातामा बोनस शेयर जम्मा हुने कम्पनीले जनाएको छ ।


182
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा