सिम्रौनगढ नगरपालिकाको कार्यालय तोडफोड
नेपालबहस संवाददाता
असोज ५, २०७९ बुधबार १५:२०:८
५ असोज, बारा । बाराको सिम्रौनगढ नगरपालिकाको कार्यालयमा तोडफोड भएको छ । शैक्षिक भ्रमणका लागि माग अनुसारको आर्थिक सहयोग नदिएको भन्दै स्थानीय कन्कली मावि, नेरामावि खजानी र नेरामावि कचोर्वाका विद्यार्थीले नगरपालिकाको कार्यालयमा तोडफोड गरेका हुन् ।
करिब ५ सयको सख्यामा विद्यालयबाट आएका विद्यार्थीले कार्यालयमा रहेको कम्प्युटर, सिसी क्यामरा, टेलिभिजन, पंखालगायत इलोक्ट्रोनिक सामान र झ्याल, ढोका, दराज, टेबल कुर्सी जस्ता फर्निचरसहित लाखौ मूल्यको सामग्री तोडफोड गरेर क्षति पुर्याएको मेयर प्रमुख किशोरीप्रसाद कलवारले बताए । नगरपालिकाभित्र रहेका ३ वटै विद्यालयको कक्षा ९ मा अध्ययनरत विद्यार्थीले शैक्षिक भ्रमणको लागि १०/१० लाख रुपैया आर्थिक सहयोग माग गर्दै एक साताअघि कार्यालयमा लिखित पत्र बुझाएका थिए ।
तर नगरपालिकको नयाँ बैङ्क खाता संचालनमा नआएकोले विद्यालयमा पैसा पठाइएको थिएन । नगर प्रमुख कलवारले अहिले डेङ्गुको प्रकोप पनि रहेको र बैङ्क खाता पनि नखुलेकोले दशैपछि विद्यालयमा पैसा पठाउने विद्यार्थीहरुलाई आश्वासन दिएका थिए । सोही विषयमा छलफल गर्न नगरपालिकाका कार्यालयमा ३ वटै विद्यालयका प्रधानाध्यापकहरुसंग छलफल चलिरहेको अवस्थामा विद्यार्थीहरुले एक्कासी ढुङ्गामुडा गर्दै तोडफोड सुरु गरेका हुन ।
कचोर्वा माविका प्रधानाध्यापक शम्भुप्रसाद यादवका अनुसार छलफलमा बैङ्क खाता खुलेपछि विद्यालयको आर्थिक अवस्था हेरेर नगरपालिकाले रकम निकासा गर्ने सहमति भएको छ । ‘कार्यालय बाहिर बसेका विद्यार्थीहरुले छलफलको निर्णय बारे बुझ्दैनबुझी तोडफोड गरेका छन ।’ प्रधानाध्यापक यादवले भने ।
तोडफोड नियन्त्रणको लागि प्रहरीले प्रहार गरेको लाठी लागेर केही विद्यार्थी सामान्य घाइतेसमेत भएका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसईई परीक्षामा निरीक्षक बसेका १० जना निष्काशित
चैत १५, २०८० बिहिबार
भूमिहीन सुकुम्बासीलाई जग्गाधनी लालपुर्जा बाँड्ने प्रक्रिया सुरु
चैत १४, २०८० बुधबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
सिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार
क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार