एकीकृत समाजवादी केन्द्रीय सदस्यले त्यागे पार्टी
नेपालबहस संवाददाता
असोज ५, २०७९ बिहिबार ०:२१:३७
५ असोज, बुटवल । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय अध्यक्ष बालकृष्ण चापागाईंले विद्रोहको औचित्य पुष्टि नभएकाले आफू पुरानै घर एमालेमा फर्किएको बताएका छन् । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्य तथा अर्थ एवं योजना विभागको प्रमुख रहेका चापागाईं पार्टी परित्याग गरेर एमालेमा फर्किएका थिए ।
प्रेस चौतारी नेपाल रुपन्देहीको जिल्ला कमिटीको बैठकलाई बुधबार सम्बोधन गर्दै उनले भने, ‘जुन उद्देश्यले समाजवादी पार्टी स्थापना भएको थियो, त्यसको औचित्य पुष्टि हुन सकेन, त्यसकारण म पुरानै घर फर्किएको हुँ ।’
नेकपा एकीकृत समाजवादीमा बसेर कांग्रेसको कार्यकर्ता बन्नु बाहेक अरू उपाय नदेखेपछि आफू पुरानै मातृ पार्टीमा फर्किएको बताए । ‘सत्तारुढ गठबन्धनमा बस्नु भनेको कांग्रेसको कार्यकर्ता बन्नु हो, त्यो बाहेक अरू केही हुन सक्दैन, कांग्रेसको कार्यकर्ता बन्नु भन्दा मैले बरु पुरानै पार्टीमा फर्किनु उचित ठाने,’ उनले भने ।
चापागाईंले एमालेबाट विद्रोह गरेर नयाँ प्रकारको राजनीतिक अभ्यास सुरु गर्न खोजेर समाजवादी गठन गरेको भए पनि त्यसले कुनै परिणाम दिन नसकेको भन्दै बरु एमाले नै देशको सच्चा कम्युनिस्ट भएको र यसले मात्रै मुलुकलाई निकास दिन सक्ने बताए ।
‘मैले करिब एक वर्ष बाटो बिराएकै हुँ, तर विगतलाई बिर्सेर म इमान्दारिपुर्वक फर्किएको छ र बाँकी जीवन एमालेमै रहेर बिताउँछु,’ उनले भने । उनले आफूले योगदान गरेको प्रेस चौतारीसँग केही समय टाढा रहे पनि छोटो समयले फेरि एकैठाउँ फर्काएको पनि बताए । उनले समाजवादीमा लागेका अन्य थुप्रै नेताहरू पुरनो पार्टीमा फर्किने पनि बताए ।
बैठकमा प्रेस चौतारीका केन्द्रीय सचिव प्रदीप आचार्य, केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज अमृत गिरी, केन्द्रीय सदस्यद्वय नवराज कुँवर, अमृता अनमोल, सल्लाहकारद्वय शेरबहादुर केसी दिनेश पाण्डे, प्रदेश महासचिव निरु गौतम, प्रचार विभाग रुपन्देहीका सचिव नरेश केसी लगायतले पनि सम्बोधन गरेका थिए ।
बैठकले आउँदै गरेको विजयादशमी, तिहार, छठ एवं नेपाल संवतका अवसरमा शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको संगठनका अध्यक्ष लक्ष्मण पौडेलले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार