नबिल इन्भेष्टमेन्टकाे मिश्रित लगानी व्यवस्थापन सेवा संचालनमा
नेपालबहस संवाददाता
असोज ६, २०७९ बिहिबार १९:२९:४५
६ असाेज, काठमाडाैं । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले लगानीकर्ताहरुलाई लक्षित गरी मिश्रित लगानी व्यवस्थापन सेवा संचालनमा ल्याएको छ । कम्पनीले शेयर बजारमा प्रवेश गर्न चाहने तर लगानी सम्बन्धि उचित जानकारी नभएका कारणले लगानी गर्न असमर्थ लगानीकर्ताहरुलाई लक्षित गरी उक्त सेवा संचालनमा ल्याएको हाे ।
उक्त योजना भदाै महिना देखि लागु भएको कम्पनीले जनाएको छ । लगानीका बिभिन्न उपकरणहरु मार्फत लगानी गरिने यो लगानी व्यवस्थापन सेवाबाट लगानीकर्ताहरुले हाल बजारमा देखिएको उतारचढावका कारण व्यहोर्नुपरेको क्षतिलाई केही हदसम्म सन्तुलनमा ल्याउने र भविष्यमा यसरी संतुलित लगानीबाट राम्रो प्रतिफल आर्जन गर्न सक्ने कम्पनीले जनाएको छ।
सन्तुलित लगानी उच्चतम आम्दानी हुनसक्ने यस व्यवस्थापन सेवामा प्रवेश गर्न चाहने लगानीकर्ताहरुको रकम लगानीका विभिन्न उपकरणहरु जस्तै म्युचअल फण्ड, बण्ड÷डिबेञ्चर, ईक्विटी,IPO/FPO/Right शेयर तथा निश्चित प्रतिफल उपकरणहरुमा लगानी गर्ने र भैपरी आउने लगानीका लागि नगदको व्यवस्थापन समेत गर्ने रहेको कम्पनीले जनाएको छ ।
यो लगानी व्यवस्थापन सेवाका विशेषताहरुः यसमा प्रवेश गर्न चाहने लगानीकर्ताहरुले न्यूनतम २५ लाख रुपैयाँ वा आफुसंग रहेको सोही मुल्य बराबरको शेयर उपलब्ध गराई प्रवेश गर्न सकिनेछ ।
न्यूनतम लगानी अवधि ५ वर्षको रहेको यो सेवा प्राप्त गरेवापत बार्षिक ०.५ प्रतिशत बार्षिक व्यवस्थापन शुल्क लाग्नेछ भने पहिलो २ वर्षभित्र यो व्यवस्थापन सेवाबाट बाहिरिनु परेमा आफ्नो लगानीको ३ प्रतिशत रकम तिरी जुनसुकै बेला पनि बाहिरिन सकिनेछ भने २ बर्ष पछि बाहिरिनु परेमा यस्तो कुनै प्रकारको शुल्क नतिरी जुनसुकै बेला पनि बाहिरिन सकिने कम्पनीले जनाएको छ ।
डिस्क्रेस्नरी पीएमएस सेवा अन्तर्गत संचालित यो सेवा प्राप्त गरेका लगानीकर्ताहरुले यो सेवाबाट जति धेरै नाफा गरे पनि केवल ५ प्रतिशत पर्फर्मेन्स शुल्क तिरी आफ्नो नाफाको सत्प्रतिशत रकम जुनसुकै बेला पनि झिक्ने सक्ने कम्पनीले जनाएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमैलुङ्ग खोला जलविद्युतको साधारणसभा आज, के-के छन् एजेण्डा ?
चैत २९, २०८० बिहिबार
सर्वोत्तम सिमेन्टले लाभांश वितरण गर्ने, कहिले गर्दैछ बुक क्लोज ?
चैत २६, २०८० सोमबार
थ्रीस्टार हाइड्रोपावरले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?
चैत २५, २०८० आइतबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार
साउदी नेपालसँग पराजित हुँदै समूह चरणबाटै बाहिरियो
बैशाख ५, २०८१ बुधबार
नेप्सेको ओरालो यात्रा जारी, कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा
बैशाख ६, २०८१ बिहिबार
पर्यटनमा नयाँ गन्तव्य: पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन
बैशाख ६, २०८१ बिहिबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
पाटन दरबार क्षेत्रमा ‘हेरिटेज वाक’ [ फोटोफिचर ]
बैशाख ६, २०८१ बिहिबार
तातोपानी भन्सारमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन
बैशाख ६, २०८१ बिहिबार
कोशीमा एमाले र माओवादीले पेश गरे संकल्प प्रस्ताव
बैशाख ६, २०८१ बिहिबार