२२ मंसिर २०७९, बिहीबार

एभरेष्ट बैंकको अग्राधिकार शेयरको सूचीकरण खारेज

प्रकाशित मिति :  ७ आश्विन २०७९, शुक्रबार ११:४३


७ असोज, काठमाडौं । एभरेष्ट बैंकको अग्राधिकार शेयरको सूचीकरण खारेज भएको छ । बिहीबारको अन्तिम कारोबारपछि एभरेष्टको अग्राधिकार शेयर सूचीकरण खारेज गरिएको नेप्सेले जानकारी गराएको छ ।

बैंकले हरेक तीन-तीन वर्षमा २० प्रतिशतका दरले अग्राधिकार शेयर साधारण सेयरमा परिणत गर्नुपर्ने प्रावधानअनुरूप पाँचौं तथा अन्तिमपटक बिहीबार परिणत गरेको हो ।

यससँगै एभरेष्टको ७५ लाभांशदर भएको २० लाख कित्ता अग्राधिकार शेयर बिहीबार पूर्णरूपमा सर्वसाधारण सेयरमा परिणत भएको छ । नेप्सेले बिहीबार निर्णय गर्दै अग्राधिकार शेयरको सूचीकरण खारेज गरेको हो ।


39
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा