बूढा र रोगी गाई लिँदै, लैनो गाई दिँदै
नेपालबहस संवाददाता
असोज ७, २०७९ शुक्रबार १७:५२:५०
७ असोज, झापा । दूध दिएसम्म बालबच्चालाई जस्तै स्याहार गर्ने तर बूढो र रोगी भएपछि व्यापारीलाई गाई बेचिदिने चलन हाम्रो गाउँघरमा छ । यसलाई रोक्न र गौमाताको संरक्षण गर्ने उद्देश्यले शिवसताक्षी नगरपालिका–११ स्थित सताक्षीधाममा २०७२ सालदेखि गोलोक गोवद्र्धन गौशाला सञ्चालनमा ल्याइएको छ ।
गौशाला स्थापनापछि व्यापारीले बेच्न भारततर्फ लैजाने क्रममा सीमा क्षेत्रबाट प्रहरीले पक्राउ गरिएका गाईदेखि जिल्लाका १५ वटै पालिकाका वृद्ध, रोगी र असक्त गाईको संरक्षण भइरहेको छ । गौशाला समितिका संरक्षक नन्दकिशोर भारद्वजले गौशालाले गाईको संरक्षणमात्र होइन, जिल्लाभित्रका गरिब, असहायलाई दूध खाने उन्नत जातको गाई दिनसमेत थालेको बताए ।
हल्दिबारी गाउँपालिका बस्नुहुने आफ्नै माता लक्ष्मीदेवी सुवेदी र छिमेकी माताले दिएका दुईवटा बूढी गाईबाट सुरु गरेको गौशालामा हाल छ सय ५० वटा गाई रहेको उनले जानकारी दिए । “गौशाला त सुरु गरियो गाई भएनन्”, भारद्वजले भए, “गाउँ बस्ती, टोल, सामुदायिक सङ्घसंस्थालगायतका स्थानमा पुगेर गाईलाई त्यसै मर्न दिनुहुन्न । बूढो, रोगी छ भने हामीलाई दिनुस्, नबेच्नुस् भन्दै प्रचार गरियो । अहिले गाउँवासीले आफैँ ल्याइदिनुहुन्छ ।”
विसं २०७५ पछि मात्र गाई खोज्न जानु नपरेको र भक्तहरूले आफैँ ल्याइदिने गरेको भारद्वजले बताए । हिजो बूढो गाई खोज्दै गाउँ बस्ने महाराज आज गरिब, दुःखीलाई दूध खाने उन्नत जातको गाई दिन थालेकामा खुसी व्यक्त गरे। उनले गौशालामा भएका गाईबाटै भारतबाट उन्नत जातको बीउ गोरु ल्याएर उन्नत जातकै बाछी, बहरहरु उत्पादन गरेको बताए ।
हालसम्ममा ७५ उन्नत जातका बीउ गोरु र एक हजार छ सय दूध खाने गाई समुदायलाई हस्तान्तरण गरिएको छ । “कुनै किसानले बूढो गाई हामीलाई दिए भने आवश्यकता हेरेर हामी लैनो गाई दिएर पठाउँछौँ”, उनले भने, “गरिब, दुःखीलाई भने सम्बन्धित पालिकाले गरेको सिफारिसका आधारमा दिन्छौँ ।” भारद्वजलले गोठमा दैनिकजसो १५ देखि २० दुहुनो गाई हुने गरेको बताP ।
गाईको दूधबाट गौशाला समितिले हाल घिउ, पन्चकव्यसमेत बनाउँदै आएको छ । दैनिक जङ्गल चरनमा रहेर आएका गाईको दूधबाट बनेको घिउ राम्रो हुने हुँदा धाममा आउने भक्तजनले नै प्रतिकिलो रु एक हजार तीन सयमा खरिद गरेर लैजाने गरेका छन् । जङ्गलभित्र रहेको गौशालाका गाई भने बिहान छ बजेदेखि नै चर्न जाने गरेको भारद्वज बताए ।
चरनमा गएका गाई अपराह्न ४ बजेदेखि राति ८ बजेसम्ममा गोठमा आइसक्छन् । गाईको हेरचाहका लागि हाल २० गौसंरक्षक छन् । उनीहरु दैनिकजसो गाईको स्याहारमा खट्ने, गाईको गोबरबाट गड्यौले मल, गोकाष्ठा बनाउनेलगायत काममा खटिन्छन् । यहाँ उत्पादित मल र गोकाष्ठा समेत बिक्री गरेर गौशालाका गाईलाई दाना, साइलेजलगायत वस्तु किनेर खुवाउने गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज प्रचार प्रसारको अन्तिम दिन, इलाममा कांग्रेसको ४२ वटै वडामा घरदैलो
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
आजको मौसम : यी ठाउँमा हुरीबताससहित वर्षाको सम्भावना
बैशाख १३, २०८१ बिहिबार
दिल्लीले चार रनले हरायो गुजरातलाई
बैशाख १३, २०८१ बिहिबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १३, २०८१ बिहिबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार