२२ मंसिर २०७९, बिहीबार

सिटिजन्स बैंकद्धारा ९ प्रतिशत लाभांश प्रस्ताव स्वीकृत

प्रकाशित मिति :  ७ आश्विन २०७९, शुक्रबार १२:१२


७ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लागु हुने गरी सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको बिहिबार बसेको ४०३औं सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई आर्थिक वर्ष २०७८/७९को मुनाफाबाट ९ प्रतिशत लाभांश स्वीकृत गरेको छ ।

सञ्चालक समितिको बैठकले प्रस्ताव गरे अनुसार आ.व २०७८/७९ को वितरण योग्य मुनाफाबाट २०७९ असार मसान्तको चुक्ता पुँजी रु. १४,२००,९७४,००६÷– को ९ प्रतिशतले हुने रु १,२७८,०८७,६६१ नगदलाभांश दिने प्रस्ताव गरिएको हाे ।

उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुलाई प्रस्तावित लाभांश वितरण गरिने कुरा बैंकले जानकारी दिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८० वटा शाखा, १३२ वटा ए.टि.एम. र ९६ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट करिव १४ लाख ७० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।


130
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा