मोरङमा कृषि ज्ञान केन्द्र स्थापना
नेपालबहस संवाददाता
असोज ७, २०७९ शुक्रबार १९:२२:५४
७ असोज, मोरङ । प्रदेश नं १ कृषि मन्त्रालयले यहाँ कृषि ज्ञान केन्द्र संचालनमा ल्याएको छ । जिल्लाका १७ स्थानीय तहका कृषकलाई बाली, बागवानी, कृषिउपजमा लाग्ने रोग तथा किरा नियन्त्रण, कृषिसम्बन्धी सम्पूर्ण कार्यक्रम, कृषि अनुदान एवं कृषि क्याम्पसका विद्यार्थीलाई अध्ययनमा समन्वय गर्नेलगायत कार्य केन्द्रबाट हुने कार्यालय प्रमुख रामदेव सिंहले बताए ।
कृषिमन्त्री झलकबहादुर मगरले केन्द्रको शुभारम्भ गर्दै ज्ञान केन्द्रको स्थापनाले कृषि उत्पादनको आयात न्यूनीकरण गर्ने राष्ट्रिय नीतिलाई सहयोग पुग्ने बताए । उनले संघीयताको मर्मअनुसार प्रदेश सरकार कृषि क्षेत्रमा आबद्ध जनताको समृद्धि कायम गर्न आवश्यक सेवा एवं सहयोग गर्न प्रतिबद्ध रहेको धारणा राखे । मन्त्रालयका सचिव मेघनाथ तिमिल्सिनाले व्यावसायिकरुपमा जिल्लाका पालिकामा कृषकका उत्पादनलाई उचित मूल्य प्राप्त गर्न शीतभण्डार स्थापनामा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले कृषि उत्पादनमा मोरङको महत्व रहेको छ भन्दै कार्यालयको स्थापनाले कृषि उत्पादन आयात प्रतिस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा कृषि विकास कार्यालयका निर्देशक प्रकाश डाँगी, बूढीगंगा गाउँपालिकाका प्रमुख जितनारायण थापामगर, जहदा गाउँपालिकाका प्रमुख जीतेन्द्रप्रसाद साह र कृषक कोपिन्द्र सिंहल विगत मोरङमा कार्यालय स्थापनाले कृषकलाई सुनसरी जिल्ला धाउनुपर्ने समस्या अन्त्य भएकोमा खुसी व्यक्त गरे ।
प्रदेशका १४ जिल्लामध्ये ११ जिल्लामा केन्द्र स्थापना भइसकेको थियो भने तेह्रथुममा यही असोज ९ गते र ताप्लेजुङमा असोज १० गते कार्यालय स्थापना हुने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार
चैते धानमा किसानको आकर्षण बढ्दै
चैत १५, २०८० बिहिबार
किसानले यस वर्षको कुचो नकाटी बगानमै छाडे
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार