२२ मंसिर २०७९, बिहीबार
देउवालाई कोइरालाको काउण्टर
राजनीति

देउवालाई कोइराला समूहको चेतावनी, ‘समानुपातिक सूची नसच्याए गम्भीर चुनौतिको सामना गर्न तयार रहनू’

यसका लागि सभापति देउवालाई संशोधनका लागि नामावलीसहितको अर्को लिष्ट बुझाइएको छ ।

प्रकाशित मिति :  ७ आश्विन २०७९, शुक्रबार १३:४६


७ असोज, काठमाडौं ।  प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समानुपातिक तर्फको बन्दसूचीमा एकलौटी गरेको भन्दै कोइराला समूहले गम्भीर असन्तुष्टि जनाएको छ । कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाको नेतृत्वमा रहेको यस समूहले सभापति देउवालाई बन्दसूची तत्काल सच्याउन माग गर्दै नसच्याए गम्भीर चुनाौतिको सामनाका लागि तयार रहन चेतावनीसमेत दिएको छ ।

निर्वाचन आयोगले भाेलि शनिबार कांग्रेसलाई बन्दसूची मिलाउन बोलाएको समयमा कोइराला समूहले असन्तुष्टि जनाउँदै बन्दसूचीमा आफ्नो समूहले दिएको नामावली समावेश गर्न सभापति दउवालाई दवाव दिएको हो । यसअघि आयोगमा नाम पठाउँदा आफ्नो पक्षका उम्मेदवारहरुको नाम अन्तिम समयमा सभापति देउवाले काटेर बन्दसूची पठाएको आरोप कोइराला पक्षको छ । कोइराला समूहले सभापति देउवाले बन्दसूची सच्याएर आफुले दिएका नाम समावेश नगराए प्रतिकारमा उत्रने निर्णयसमेत गरेको छ ।

कोइराला समूहमा रहेका एक नेताले नेपालबहसलाई दिएको जानकारी अनुसार देउवाले साँझ पाँच बजेसम्म रहेका नाममध्ये आफ्नो समूहका अधिकांश उम्मेदवारको नाम कटाएको र राखिएकाहरुलाई पनि अन्तिममा पुर्याइएकाले बन्दसूची अनिवार्य संशोधन गर्न माग गरिएको हो ।उनका अनुसार कोइराला समूहले सूची संशोधनका लागि अलग्गै लिष्ट बनाएर सभापति देउवालाई बुझाएको छ । यसबारे आगामी रणनीति तयार गर्न कोइराला समूहमा छलफल भइरहेको छ ।

भोली आफु पक्षीय नेताहरुको समग्र भेलाका लागि एजेण्डा बनाउन छलफल भएरहेको ती नेताले जानकारी दिए । विशेषगरी आसन्न निर्वाचनमा आफू पक्षधरका नेतालाई उम्मेदवार बनाउन नेतृत्वलाई दबाब दिने उद्देश्यले गर्न लागेको भेलाको तयारी स्वरुप आज कोइराला पक्षधरको बैठक बसेको हो । जारी बैठकमा कोइराला पक्षधरका केन्द्रीय सदस्य, जिल्ला सभापति, पूर्व जिल्ला सभापति, प्रदेश समितिसहितका नेताहरुको सहभागिता रहेको उनले बताए । भोली शनिबार यो समूहको बृहत भेला आयाजना गर्ने कायक्रम छ ।

सत्ता गठबन्धनको समेत नेतृत्व गरिरहेका सभापति देउवाले सुरुबाटै समानुपातिक उम्मेदवार छनोटमा कोइराला समूहलाई कसेर लाने रणनीति रहेको र क्लस्टर मिलाएर संसदीय समिति नाम पुर्याउँदा पनि यो समूहबाट कममात्र नाम गएको ती नेताले बताए । अन्तिम निर्णय गर्ने अधिकार केन्द्रीय समितिले पार्टी सभापति शेरबहादुर देउवालाई दिएकाले पनि कोइराला समूहबाट समानुपातिकमा कमले मात्र स्थान पाएका छन् । उचित संख्या नपाए देउवामाथि देशभरबाट दवाव बढाउने पक्षमा कोइराला समूह पुगेको छ ।

संस्थापन पक्षसँग १४ औँ महाधिवेशनमा सभापतिका प्रत्यासी रहेका वरिष्ठ नेता कोइराला समूहले प्राप्त गरेको मतलाई आधार बनाएर टिकटमा आफ्नो हिस्सा माग गर्दै आएको थियो । उता, सभापति देउवा भने केन्द्रीय समितिलाई आधार बनाएर अगाडि गएका छन् । कांग्रेस केन्द्रीय समितिमा कोइराला समूह अल्पमतमा छ । झण्डै ८० प्रतिशत सदस्य सभापति देउवा पक्षका रहेकाले देउवाले कोइराला समूहलाई समानुपातिकमा कम सीट दिएर पेलेर जाने रणनीति बनाएका थिए । यसलाई कोइराला समूहले ठाडै अश्वीकार गरेको छ ।

यसैले पनि समानुपातिकतर्फ पुनः बन्दसूची संशोधन नभए कांग्रेसमा ठूलै कलह उत्पन्न हुने देखिएको छ । ती नेताको भनाइमा केन्द्रीय समितिलाई आधार बनाएर गरिएको टिकटको भागबण्डा कोइराला समूहलाई अमान्य छ । देउवाले बन्दसूची संशोधन गरी उचित स्थान नदिए निर्वाचनकै समय भएपनि पार्टीभित्र विद्रोह गराउने पक्षमा कोइराला समूह पुगिसकेको छ । यसै विषयमा साझा धारणा बनाउनका लाागि कोइराला समूहले शनिबार काठमाडौंमा भेलाको आयोजना गर्न लागेको हो ।

कोइराला समूहका नेताहरुको भनाइमा शनिबार निर्वाचन आयोगमा बुझाएको कांग्रेस उम्मेदवारहरुको बन्दसूचीमा व्यापक फेरबलन गर्नुपर्ने छ । यसका लागि सभापति देउवालाई संशोधनका लागि नामावलीसहितको अर्को लिष्ट बुझाइएको छ । कोइराला समूहले बुझाएको लिष्ट अनुसार बन्दसूची संशोधन नभए देउवाले आगामी निर्वाचनमा गम्भीर चुनौतीको सामना गर्नुपर्ने छ । यसले कांग्रेसलाई एक भएर चुनावमा जाने अवसर गुम्ने ती नेताहरुको भनाइ छ ।


17.11k
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा