नरैनापुरको विपद् सूचना व्यवस्थापन पोर्टल
नेपालबहस संवाददाता
असोज ७, २०७९ शुक्रबार २०:१२:१२
७ असोज, बाँके । बाँकेको नरैनापुर गाउँपालिकाले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि विपद् सूचना व्यवस्थापन प्रणाली लागू गर्ने भएको छ ।
नरैनापुर गाउँपालिकामा ‘सेभ द चिल्ड्रेन’को सहयोगमा एसडिएफले आयोजना गरेको पोर्टल स्थानीयकरणसम्बन्धी अभिमुखीकरण कार्यशाला गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले पोर्टलमार्फत विपद्को तयारी, प्रतिक्रिया, सतर्क, जोखिमसम्बन्धी जानकारी लिन सकिने बताए। उनले क्षमता र संशोधनका विभिन्न तथ्यांक र सूचना लिन सहज हुने भएकाले उक्त पोर्टल सञ्चालनका लागि गाउँपालिकाले भूमिका खेल्ने बताए ।
कार्यशालालाई सहजीकरण गर्दै आइएचआरआरका टिम लिडर सुरज गौतमले विपद् पोर्टलले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि चाहिने पूर्वतयारी, पूर्वचेतावनी र प्रतिकार्यमा सुदृढ पार्ने क्षमता राख्ने बताए ।
कार्यशालामा सेभ द चिल्ड्रेनका वरिष्ठ कार्यक्रम संयोजक शेर रौलेले विपद् पोर्टलले जलविज्ञान र मौसमसम्बन्धी खतरा सीमा पार गर्दा विपद् पोर्टलमा चेतावनी सूचना प्रदर्शित हुने बताए ।
कार्यक्रममा नरैनापुर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले पोर्टल संचालनमा आइसकेपछि सूचना र तथ्यांकलाई थप अद्यावधिक गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँकेमा गाइभैँसीलाई खोरेतविरुद्धको खोप
चैत १४, २०८० बुधबार
ठाकुरबाबा नगरपालिकाको अर्को बदमासी, अदालतको आदेश लत्यायो
चैत ९, २०८० शुक्रबार
अर्घाखाँचीमा बाली जोगाउन भोटे कुकुर वितरण
चैत ७, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार