२२ मंसिर २०७९, बिहीबार

मैत्रीपूर्ण खेलका लागि बंगलादेशी आज आउँदै

प्रकाशित मिति :  ७ आश्विन २०७९, शुक्रबार १६:२८


७ असोज, काठमाडौं । एक मैत्रीपूर्ण खेलका लागि बंगलादेशी पुरुष फुटबल टिम आज (शुक्रबार) नेपाल आउने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाको अनुसार टोली राति सवा ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ ।

बंगलादेशले नेपालसँग असोज ११ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एक मैत्रीपूर्ण खेल खेल्ने तय भएको छ । जुन फिफाले मान्यता दिएको मैत्रीपूर्ण खेल हो ।

बंगलादेशले बिहीबार कम्बोडियासँग एक मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा घरेलु टिममाथि बंगलादेशले १–० को विजयी भएको थियो ।खेलका लागि एन्फाले साधारणतर्फको टिकट ५०० र भिआइपी टिकट एक हजार तोकेको छ ।

बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका नेपाली टोलीका कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईंले २३ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरिसकेका छन् । जसमा दुई जना नयाँ अनुहारले स्थान बनाएका छन् । ऋतिककुमार खड्का र आशिष चौधरी पहिलो पटक टोलीमा स्थान बनाएका छन् ।


52
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा