२२ मंसिर २०७९, बिहीबार
लुम्बिनी प्रदेश

बर्दिया भुमिसुधार तथा मालपोत कार्यालयका प्रमुखसहित ६ जनामाथि अख्तियारद्धारा मुद्धा दर्ता

प्रकाशित मिति :  ७ आश्विन २०७९, शुक्रबार १८:२४


♦दीपक शर्मा

७ असोज , बर्दिया । भूमिसुधार तथा मालपोत कार्यालय बर्दियाका कार्यालय प्रमुख भीमबहादुर खत्रीसहित ६ जनामाथि अख्तियारले मुद्दा दायर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसार बर्दिया साविक मैनापोखर गाविस वडा नं १ हाल बढैयाताल गाउँपालिका वडा नं ६ मा चिरकु तेलीको नाउँमा २०४३ साल अघि २ बिगाह ६ कट्ठा जग्गा रहेकोमा निजको २०४३ सालमा मृत्यू भएको थियो ।

उनको हकखाने कानूनी हकवाला कोही नभई स्थानीय तहको नाउँमा जानुपर्नेमा भुमिसुधार तथा मालपोत कार्यालयको निर्णयबाट व्यक्ति विशेषको नाउँमा दर्ता गरी प्रमुख खत्री, नासु रुद्रसेन साहुसहित ६ जनाले बिक्री वितरण गरिएको पृष्टि भएको हो। मृत्यु भएका व्यक्तिको जग्गा मालपोतको निर्णयबाट व्यक्तिको नाममा दर्ता गरी बिक्री वितरण गरिएको उजुरीको आधारमा अनुसन्धानको लागि अख्तियारले नियन्त्रणमा लिएको थियाे ।

जग्गा नामसारी गरी भ्रष्टाचार गरेको कसुरमा संलग्न प्रतिवादीहरुको हकमा सजायको मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जनाएका छन ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा