राजविराजको सडक अतिक्रमण हटाइँदै
नेपालबहस संवाददाता
असोज ७, २०७९ शनिबार ३:२:३४
७ असोज, सप्तरी । राजविराज नगरपालिकाको मुख्य सडकमा रहेका फुटपाथ पसल तथा ठेला हटाउने कार्य राजविराज नगरपालिकाले शुक्रबारदेखि सुरु गरेको छ ।सडक छेउछाउमा ठेला तथा अस्थायी पसल राखेर फुटपाथ अतिक्रमण गरेपछि नगरपालिकाको अग्रसरतामा सडक फराकिलो बनाउने कार्य सुरु गरिएको हो ।
सडक अतिक्रमण गरी राखिएका ठेला तथा पसलका कारण पैदलयात्रीलाई आवतजावतमा समस्या भएपछि नगरपालिकाले हटाउने कार्य सुरु गरेको नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परविनले बताइन् ।उनले भनिन्, जथाभावी रूपमा ठेला राखेर फुटपाथ अतिक्रमण गरेपछि त्यसलाई हटाउन सुरु गरेका हौ ।
फुटपाथ अतिक्रमण गरी राखिएका ठेला तथा पसल हटाउन नगरपालिकाले एक महिनाअघि सार्वजनिक सूचना प्रकाशन गरेको थियो । तर नहटाइदा नगरपालिकाले बल प्रयोग गरेको हो । फुटपाथ अतिक्रमण गरी राखिएका ठेला तथा पसल हटाउन स्थानीय युवाले सहयोग गरेका छन् । पैदलयात्रीले सहजरूपमा फुटपाथमा आवतजावत गर्न पाउन् भनेर फुटपाथ हटाउने अभियान सुरु गरेको उनको भनाई रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसईई परीक्षामा निरीक्षक बसेका १० जना निष्काशित
चैत १५, २०८० बिहिबार
भूमिहीन सुकुम्बासीलाई जग्गाधनी लालपुर्जा बाँड्ने प्रक्रिया सुरु
चैत १४, २०८० बुधबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार