चाडपर्वमा कर्णालीमा चार हजार बढी प्रहरी परिचालित
नेपालबहस संवाददाता
असोज ७, २०७९ शनिबार ५:१२:७
७ असोज, सुर्खेत । ठूला चाड पर्व नजिकिएसँगै हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न कर्णालीमा चार हजारभन्दा धेरै प्रहरी खटाइएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयले चाड पर्व सुरक्षा योजना २०७९ जारी गर्दै हुन सक्ने आपराधिक घटना नियन्त्रणका लागि प्रदेशभर ४ हजार एक सय ४१ जना प्रहरी जनशक्ति खटाइएको जनाएको हो ।
यसैबीच, चाडपर्वको अवसरमा हुन सक्ने आपराधिक गतिविधिको शंकास्पद सम्भावित स्थानमा पहिचान गरी त्यस्ता स्थानहरूमा तालिम प्राप्त जनशक्ति सहित जाँचको व्यवस्था गरिने छ । प्रदेश प्रहरीले जारी गरेको कार्ययोजनामा १२५ वटा नियमित क्युआरटी परिचालन गरिने छ भने ३१ स्थानमा नियमित जाँच स्थल राखिने छ । त्यसैगरी, ट्राफिक सहितको संयुक्त रूपमा ५३ स्थानमा आकस्मिक जाँच, चोरी, तस्करी, लागु औषध कारोबार लगायतका अवैध गतिविधि नियन्त्रण गर्न १८ स्थानमा जाँच गरिने छ ।
त्यसैगरी, झैँ–झगडा, जुवा तास, चोरी लुटपाट, मापसे नियन्त्रणका लागि ८६ स्थानमा चेकिङ हुने छ भने २६ ठाउँमा नागरिक सहायता कक्ष स्थापना गरिने छ ।यसैबीच, सम्पत्तिको सुरक्षा, जनधनको सुरक्षा उपभोक्ताको अधिकार, महिला बालबालिका, अपाङ्ग एवं ज्येष्ठ, नागरिकको सुरक्षाको अधिकारलाई सुनिश्चित गर्न प्रहरी तत्पर रहेको कार्ययोजनामा भनिएको छ । चाडपर्वको समयमा गुण्डागर्दी, चोरी, लुटपाट, ठगी, जुवा तास लगायतका आपराधिक घटनाहरू हुन सक्नेतर्फ प्रहरी सचेत रहेको पनि कार्ययोजनामा उल्लेख गरिएको छ ।
असोज ९ गतेदेखि लागु हुने कार्ययोजनामा भनिएको छ, ‘कर्णाली प्रदेश अन्तर्गतका जिल्लाहरूको सुरक्षा व्यवस्थालाई भरपर्दो, विश्वसनीय र सुदृढ बनाई आम नागरिकको जनजीवन सामान्य तुल्याउन बैक तथा वित्तीय सङ्घसंस्थाहरूमा हुने कारोबार सुरक्षित गराउन, विभिन्न गन्तव्य सम्म जाने यात्रुहरू समेत लाई पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउन र कुनै पनि किसिमको अप्रिय घटना हुन नदिन योजनाबद्ध प्रहरी परिचालन, अनुगमन, नियन्त्रण आवश्यक भएको सुरक्षा मापदण्ड समेतलाई लक्षित गरी यस प्रदेश प्रहरी कार्यालय सुर्खेत मातहतका जिल्लाहरुमासुरक्षा योजना बनाई लागु गरिएको छ ।’
चार्डपर्वको नाममा हुन सक्ने सबै प्रकारका अवाञ्छितरआपराधिक क्रियाकलापहरू रोकथाम तथा नियन्त्रण गर्दै नागरिकले सुरक्षित र उल्लासका साथ चार्डपर्व मनाउने विश्वसनीय वातावरण निर्माण गर्न कार्ययोजना तयार गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुर्गम गाउँमा पहिलो पटक स्वास्थ्य शिविर
बैशाख ४, २०८१ मंगलबार
सान्नी त्रिवेणी गाउँमै अब आयोडिनयुक्त नुन, सदरमुकाम जानुपर्ने बाध्यता हट्यो
चैत २९, २०८० बिहिबार
कर्णालीमा मुख्यमन्त्री कँडेलले लिए शपथ
चैत २८, २०८० बुधबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
निर्वाचनमा पैसा बाँड्नेलाई कारबाही हुन्छः गृहमन्त्री लामिछने
बैशाख ८, २०८१ शनिबार
पर्सामा गहुँ खेतको आगोको झिल्का सल्केर घरमा आगलागी
बैशाख ८, २०८१ शनिबार
एमाले परिषद् बैठकः आन्तरिक शुद्धीकरणसहित राष्ट्रिय शक्ति निर्माणमा केन्द्रित
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कपमा नेपाल हङकङसँग पराजित
बैशाख ८, २०८१ शनिबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
सुधारिनेभन्दा झन् अराजक बाटोमा दौडिरहेको राजनीतिलाई कसले बाटोमा ल्याउने ?
बैशाख ८, २०८१ शनिबार