२२ मंसिर २०७९, बिहीबार

तेस्रो टी ट्वान्टीमा इंग्ल्याण्डको पाकिस्तानमाथि सहज जित

प्रकाशित मिति :  ८ आश्विन २०७९, शनिबार ०९:२८


८ असोज, काठमाडौं । इंग्ल्याण्डले अन्तर्राष्ट्रिय टी ट्वान्टी श्रृखंलाको तेस्रो खेलमा पाकिस्तानलाई ६३ रनले हराएको छ । इंग्ल्याण्डले तेस्रो टी ट्वान्टीमा जितसँगै सात खेलको श्रृखंलामा २–१ को अग्रता कायम गरेको छ ।

कराँचीमा इंग्ल्याण्डले प्रस्तुत गरेको २२२ रनको विशाल लक्ष्य पछ्याउँदै पाकिस्तानले २० ओभरमा आठ विकेटको क्षतिमा मात्र १५८ रन जोडन सक्यो । पाकिस्तानको पारीमा शान मसूदले अविजित रहँदै ६५ रनको योगदान गरेपनि जितका लागि पर्याप्त भएन । इंग्लीश बलरमा मार्क ऊडले तीन, आदिल राशिदले दुई तथा साम कर्रन र रिस टप्लीले सामान एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको पाहुना टोलि इंग्ल्याण्डले कमजोर सुरुवात गर्दै ८२ रनमै तीन विकेट गुमाउन पुग्यो । तर बेन डकेटले हयारी ब्रुकसँग चौथो विकेटका लागि १३९ रनको अविजित साझेदारी गर्दा इंग्ल्याण्डले पुरै २० ओभर खेलेर तीन विकेटको क्षतिमा २२१ रनको विशाल योगफल तयार गर्न सफल भयो । डकेटले ४२ बलमा ७० र ब्रुकले ३५ बलमा ८१ रनको विष्फोटक पारी खेले ।
ब्रुक खेलको म्यान अफ द् म्याच घोषित भए ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा