२२ मंसिर २०७९, बिहीबार
स्वास्थ्य समाचार

आयुर्वेद स्वास्थ्य संस्था मर्ज गर्ने निर्णयविरुद्ध विरोध प्रदर्शन

प्रकाशित मिति :  ८ आश्विन २०७९, शनिबार ११:२३


८ असोज, हुम्ला । कर्णाली प्रदेश सरकारको आयुर्वेद स्वास्थ्य संस्था मर्ज गर्ने निर्णयविरुद्ध हुम्ला जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले विरोध प्रदर्शन गरेको छ । कर्णाली प्रर्देश सरकारले गत भदौ १९ गते स्वास्थ्य सेवा कार्यालयसँग पुनः मर्ज गर्ने निर्णय गरेपछि कर्णाली प्रदेशका १० वटै जिल्लाका आयुर्वेद स्वास्थ्य संस्थाबाट असोज ७ गते विरोध प्रदर्शन निकालिएको हो ।

यसअघि २०७६।७७ मा स्वास्थ्य सेवा कार्यालय र आयुर्वेद स्वास्थ्य केन्द्र मर्ज भएका थिए । तर, आयुर्वेद स्वास्थ्य संस्थाका कर्मचारीले स्वास्थ्य सेवा कार्यालयसँग मर्ज भएको चित्त बुझ्दो नठानेपछि उच्च अदालतमा रिट दायर भएको थियो ।

उक्त रिट दायरपछि उच्च अदालतले कुनै पनि संस्थाहरु आ आफ्नो क्षेत्रधिकारबाट चल्न पाउने स्वतन्त्र अधिकार छ र यनिहरु छुट्टा छुट्टै भएर काम गर्न दिनु पर्ने भन्दै फैसला गरेपछि उक्त संस्थाहरु फरक फरक भएर काम गर्दै आएका थिए ।

तर, गत भदौ १९ गते पुनः प्रदेश सरकारको मर्ज हुने निर्णय प्रति आयुर्वेद स्वास्थ्य संस्थाको ध्याानार्कषण भएको छ । उक्त निर्णयको विरोध जनाउँदै
शुक्रबार आयुर्वेद स्वास्थ्य केन्द्र हुम्लाका कर्मचारीले एउटा हातमा कालो पट्टी बाधेर घोर विरोध प्रदर्शन गरेका हुन् । यता आयुर्वेद स्वास्थ्य केन्द्र हुम्लाका प्रमुख कृष्ण चन्द जोशीले स्वास्थ्य जस्तो सम्वदेनशील क्षेत्रलाई सँगै गास्नु सरकारको मुर्खता भएको दाबी गरे ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा