२२ मंसिर २०७९, बिहीबार

जोर्डी अल्वाले गोल गरेपनि स्पेनको हार टरेन, पोर्चुगलको सहज जित

प्रकाशित मिति :  ९ आश्विन २०७९, आईतवार ०७:३९


९ असोज, काठमाडौं । युइएफए नेसन्स लिग अन्तर्गत ए ग्रुप २ को खेलमा स्पेनले हार बेहोरेको छ । पोर्चुगलले भने उत्कृष्ट जित निकालेको छ । स्वीट्जरल्यान्डले स्पेनलाई २–१ ले पराजित गर्‍यो । स्वीट्जरल्यान्डको जितमा म्यानुयल एकान्जी र ब्रिल इम्वोलोले गोल गरे । स्पेनका जोर्डी अल्वाले एक गोल ।

जितसँगै स्वीट्जरल्यान्ड ५ खेलबाट ६ अंक जोडेर तेस्रो स्थानमा छ । पराजित स्पेन ८ अंक जोडेर दोस्रो स्थानमा छ । अर्को खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई ४–० ले पराजित गर्‍यो । पोर्चुगलको सानदार जितमा डिएगो डालोटले दुई गोल गरे । यस्तै, ब्रुनो फर्नान्डेस र डिएगो जोटाले एक एक गोल गरे ।

पोर्चुगल १० अंक जोडेर शीर्षस्थानमा छ । चेक रिपब्लिक ४ अंक जोडेर पुछारमा छ ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा