२२ मंसिर २०७९, बिहीबार

स्लोभानियाले नर्वेलाई हरायो

प्रकाशित मिति :  ९ आश्विन २०७९, आईतवार ०८:१४


९ असोज,काठमाडौं । यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत बी समूह ४ को खेलमा एर्लिङ हल्यान्डको गोल बाबजुद नर्वे पराजित भएको छ ।

शनिबार राति नर्वेलाई स्लोभानियाले २९१ गोलले हरायो । खेलको ४७ औं मिनेटमा हल्यान्डले नर्वेलाई अग्रता दिलाएका थिए । तर, जोगाउन नसक्दा पराजित हुन पुग्यो । ६९ औं मिनेटमा आन्द्रेज स्पोर्रले स्लोभानियालाईखेलमा फर्काए । ८१ औं मिनेटमा बेन्जामिन सेसेकोले गोल गर्दै स्लोभानियालाई २९१ को जित दिलाए ।

तालिकामा नर्वे ५ खेलमा १० अंक जोडेर शीर्ष स्थानमा छ । स्लोभानिया ५ अंक जोडेर तेस्रो स्थानमा छ ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा