२२ मंसिर २०७९, बिहीबार
निर्वाचन आयोग

गृहमन्त्री खाँणकी श्रीमतिको नाम समानुपातिक बन्दसूचीकाे ‘टप टेन’मा

प्रकाशित मिति :  ९ आश्विन २०७९, आईतवार १०:४२


९ असोज, काठमाडौं । शनिबार एक सार्वजनिक कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणले नेता कार्यकर्तालाई त्याग्न गर्न सिक्न निर्देशन दिए । तर नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको उम्मेदवारको बन्दसूचीमा उनले आफ्नै श्रीमतिको नाम ‘टप टेन’मा राख्न भ्याएका छन् ।

गृहमन्त्री खाँणकी श्रीमति मञ्जु खाँण नेपाली कांग्रेसको प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फको उम्मेदवारको सूचीमा ९ औं नम्बरमा छिन् । प्रधानमन्त्री शेरबहादुर देउवाकी श्रीमति आरजू राणा देउवा भने आठौं नम्बरमा छिन् । केन्द्रीय सदस्य खाँण प्रतिनिधिसभामा नेपाली कांग्रेसको प्रमुख सचेतक समेत थिए ।

नेपाली कांग्रेसले असोज ३ गते निर्वाचन आयोगमा समानुपातिकतर्फको उम्मेदवारको सूची बुझाएको थियो । १०९ जनाको नामावली रहेको उक्त सूची सार्वजनिक भएको छ । समानुपातिक सूचीमा संस्थापन इत्तर डा. शेखर कोइराला पक्षका नौ जना मात्रै छन् ।


1.05k
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा