२२ मंसिर २०७९, बिहीबार

डाक्टरको लाइसेन्स परिक्षामा उर्तिण सख्या सन्तोष जनक भएन

प्रकाशित मिति :  ९ आश्विन २०७९, आईतवार १२:४८


९ असोज, काठमाडाैं  । नेपाल मेडिकल काउन्सिलले चिकित्सा दर्ता प्रमाणपत्र परीक्षा लाइसेन्स परीक्षा को नतिजा निरासाजनक देखिएको छ ।

६४ औं चिकित्सा दर्ता प्रमाणपत्र परीक्षाको नतिजा सार्वजनिक गरेअनुसार मेडिकल र डेन्टलतर्फ गरी जम्मा ४२ दशमलव ३२ प्रतिशत परीक्षार्थी उत्तिर्ण भएका छन् । परीक्षामा दुई हजार ६० परीक्षार्थी सहभागी थिए ।

जसमध्ये आठ सय ६३ जना मात्र पास भएको काउन्सिलले जनाएको छ । एक हजार १७६ जना अनुत्तिर्ण भएका छन् भने २१ जना अनुपस्थित थिए । मेडिकलतर्फ एक हजार ६८६ जनाले परीक्षा दिएकोमा ७४० मात्र पास भएको काउन्सिलका रजिष्ट्रार कृष्णप्रसाद अधिकारीले बताए ।

एक हजार ७०५ परीक्षार्थी भएकोमा १९ जना परीक्षामा सहभागी भएका थिएनन् । रजिष्ट्रार अधिकारीकाअनुसार मेडिकलतर्फ ९४६ परीक्षार्थी अनुत्तिर्ण रहे । जसअनुसार ४३ दशमलव ८९ प्रतिशत मात्र पास भएका छन् ।यता, डेन्टलतर्फ ३५५ विद्यार्थीले फाराम भरेका थिए ।

तर, परीक्षामा जम्मा ३५३ परीक्षार्थी मात्र उपस्थित भएको काउन्सिलले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । उत्तिर्ण हुनेको प्रतिशत ३४ दशमलव ८४ रहेको छ । यसले उर्तिण प्रतिशित सख्या कम देखिनु सोचनिय विषय भएको बताइएको छ ।


143
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा