२२ मंसिर २०७९, बिहीबार
अनुसन्धान
नेपाल प्रहरी

सुनकाण्डमा मुछिएका गृहमन्त्री खाँडका पीएसओलाई सुनपानी छर्किने तयारी

प्रकाशित मिति :  ९ आश्विन २०७९, आईतवार १२:५०


९ असोज, काठमाडौं । सुनकाण्डमा मुछिएका एकजना नेपाल प्रहरीका कर्मचारीलाई चोख्याउने प्रयास गरिएको छ । गृहमन्त्री बालकृष्ण खाँणको सवारी हुँदा अगुवा गाडीमा रहने अंगरक्षक सुनकाण्डमा सामेल भएपछि उनको संलग्नताको प्रमाण नपुगेको भन्दै चोख्याउने प्रयास गरिएको हो । ‘ उसको संलग्नता पुष्टि हुने कुनै आधार देखिदैन’, गृहमन्त्रालय स्रोतले भन्यो ।

गत भदौ पहिलो साता हेडक्वार्टर सँगैको एकनम्बर गणमा थुनिएका वरिष्ठ सई टंक कार्की मन्त्री खाँणको सवारीमा अघिपछि हिँड्ने सुरक्षाकर्मीको अगुवा र पछुवा सवारी साधनको समूहमा कार्यरत थिए । तर उनी विमानस्थलमा हुने सुन तस्करीमा सहभागी भएको खुलेको थियो । सुनकाण्डमा मुछिएपछि प्रहरी प्रधान कार्यालयले त्यहाँबाट तानेर छानिवन गर्न थालेको थियो । यसअघि खाँण रक्षामन्त्री हुँदा पनि उनी सोही समूहमा थिए । गृहमन्त्रीमा नियुक्त भएपछि अगुवा गाडीमा हिँड्न थालेका उनले विमानस्थलबाटै तस्करीमा आउने सुन सेटिङ गर्ने गरेको आरोप लागेको थियो ।

गत असार ९ गते हिमालय एअरलाइन्सको दुबई उडानबाट छ जनाले अर्काको सुन बोकेर आएका थिए । ती सबै भिजिट भीसामा काम गर्न गएका हुन् । काम गर्न नपाएपछि सुन बोकाएर अरुले भरिया बनाई काठमाडौं पठाएको अनुसन्धानबाट खुलेको थियो । नेपाल आउनसाथ ६ जनामध्ये एकजनाले सुन लिएर अन्तै हिँडेपछि कुरो बाहिरिएको थियो । एसएसपी जीवन श्रेष्ठको नेतृत्वमा उनीहरु सबैमाथि अनुसन्धान भएको थियो । उक्त सुन त्यसरी मगाउने र भागबण्डा मिलाउने उनै टंक कार्की रहेको खुलेको थियो । उताबाट सुन पठाउनेले काठमाडौं पुगेपछि ५० ग्राम सुन हराएको गुनासो गरेपछि कार्की शंकाको घेरामा परे । यसरी दुवईबाट सुन पठाउने आकाश ठकुरी थिए । ५० ग्राम सुनसहित भागेकालाई ठीक पार्ने भन्दै कार्कीले विभिन्न योजना बनाएका थिए ।

त्यसरी सुन लिएर भाग्ने को थिए भन्नेबारे अरु पाँच जनाबारे तिनै आकाशले कार्कीलाई बताएपछि त्यो सुन जम्मा पार्न लागेनन् मात्रै ल्याउनेलाई गौशला प्रहरीमा थुनाउन पनि सफल भए । ५० ग्राम सुन नबुझाउनेलाई पक्रेर कार्कीलगायतको समूहले गौशाला वृत्तमा लगी ११ दिन थुनाएका थिए । ती व्यक्तिले आफूसँग भएको चार लाख र चेक लुटिएको आरोप लगाए । ती सबै काम उनै कार्कीको योजनामा भएको बाहिर आएपछि प्रहरीले उनलाई अनुसन्धानका लागि भन्दै गणमा लगेर थुनेको थियो ।

५० ग्राम सुन बोकेर सरासर विमानस्थलबाट बाहिर गएका व्यक्ति एअरपोर्टबाट सुकेधारा पुगेका थिए । त्यसपछि उनलाई सिभिल ड्रेसका प्रहरीले पक्रेका थिए । प्रहरीले पक्रेर ११ दिनसम्म थुनेपछि किन त्यसरी थुनियो भन्ने बारेमा प्रहरी अनुसन्धान केन्द्रित भयो । डीएसपी कार्यरत रहेको गौशाला वृत्तमा भएको उक्त घटनामा धेरैजना आशंकाको घेरामा तानिए । त्यसमध्ये कार्की प्रमुख योजनाकार प्रमाणित भएका थिए । प्रहरीले पीडित भनिएकालाई पनि बोलाएर बयान लियो । प्रहरीले अनुसन्धानमा सम्भव भएसम्मका ठाउँको सीसीटीभी फुटेजसमेत हेर्यो । त्यहाँ कार्की पनि पुगेको देखिएको थियो । तर मन्त्रालयले यो विषयमा कुनै एक्सन लिएको छैन । उनी गणमा थुनिएर बसेका छन् । उनले गणमै बसेर सबै कुरा मिलाइसकेका कारण अब कारवाहीमा नपर्ने भएका हुन् ।


2.35k
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा