चितवनमा चाडपर्व लक्षित गदैँ मूल्यसूची सार्वजनिक
नेपालबहस संवाददाता
असोज ९, २०७९ आइतबार १८:५४:३३
९ असोज, भरतपुर । चितवनमा किराना व्यवसायी सङ्घले खाद्यान्नको चाडपर्व लक्षित मूल्यसूची सार्वजनिक गरेको छ । सङ्घले बैठकको निर्णय अनुसार दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर किराना सामानको मूल्यसूची शनिबार सार्वजनिक गरेको हो ।
चाडपर्वलाई लक्षित गरेर विशेष छुट दिएर किराना सामानको मूल्यसूची निर्धारण गरिएको किराना व्यवसायी सङ्घ–चितवनका अध्यक्ष हरिराज पौडेलले जानकारी दिए । अधिकतम खुद्रा मूल्य अङ्कित सामान सोही मूल्यमा बिक्री गर्न सङ्घले किराना व्यवसायीलाई आग्रह गरेको छ ।
मौरीपालक महासङ्घको अध्यक्षमा घिमिरे
नेपाल मौरीपालक महासङ्घको अध्यक्षमा चितवनका सुभाषचन्द्र घिमिरे चयन भएका छन् । मौरी पालकको शनिबार भरतपुरमा सम्पन्न २२औँ राष्ट्रिय भेलाले उनलाई अध्यक्षमा चयन गर्दै २४ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा पदमप्रसाद अमगाईं, उपाध्यक्षद्वय प्रह्लाद अर्याल र पदमबहादुर अर्याल, महिला उपाध्यक्षमा उमाकुमारी खत्री चयन भए । महासचिवमा शालिक रामबानिया, सचिवमा इमनाथ पोखरेल, कोषाध्यक्षमा जनकबाबु तिवारी, सहकोषाध्यक्षमा नन्दराम अर्याल निर्वाचित भएका छन् ।
यस्तै महासङ्घको लेखा समितिको संयोजकमा रविकुमारी कडरिया निर्वाचित भएका छन् । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण खनालको उपस्थितिमा पदाधिकारीले शपथ तथा पदभार ग्रहण गरेका थिए ।
कार्यक्रममा मन्त्री खनालले महमा अनुदान दिने नीति सरकारको रहेको बताए । उनले धेरैभन्दा धेरै अनुदान भित्र्याउन उत्पादनतर्फ लाग्न मौरीपालक किसानलाई आग्रह गरे ।
राष्ट्रिय किसान महासङ्घकी महासचिव रीता बस्ताकोटीले सरकारले किसानलाई प्रोत्साहन गर्न नसकेकोप्रति गुनासो व्यक्त गरे । उनले राज्यको स्पष्ट नीति नहुँदा २०औँ वर्ष लाग्दा पनि मौरीपालक किसानले विदेशी कम्पनीसँग प्रतिस्पर्धी गर्न नसकेको बताए। स्ताकोटीले ठूला व्यावसायीलाई मात्र हेरेर नीति, नियम, कानुन र कार्यक्रम नल्याउन आग्रह गरे ।
देशमै दुःख गर्छु भन्ने सोचमा रहेका किसानको चाहनालाई सही मूल्याङ्कन गर्नुपर्ने उनको माग छ । कार्यक्रममा उपस्थित पदाधिकारी तथा मौरीपालक किसानले काम गर्ने भन्दा कागजी प्रक्रिया मिलाएर पेस गर्नेले अनुदान पाएकोप्रति गुनासो गरेका थिए ।
नेपालमा तीन हजारदेखि चार हजार मेट्रिक टन मह उत्पादन हुने गरेको छ । यहाँको माग पूरा गर्न छ हजारदेखि सात हजार मेट्रिक टन मह आवश्यक रहेको महासङ्घले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरको सम्पदा यात्राः विपत्तिबाट पाठ सिक्नुपर्नेमा जोड
बैशाख ६, २०८१ बिहिबार
महानगरका महिला जनप्रतिनिधि र कर्मचारीको क्यान्सर जाँच शिविर
बैशाख ४, २०८१ मंगलबार
वैशाख १९ गतेदेखि कामपाले एक महिने ‘सीप मेला’ आयोजन गर्ने
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
आइपिएलमा आज दिल्ली र सनराइजर्स खेल्दै
बैशाख ८, २०८१ शनिबार
संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङ भिड्दै
बैशाख ८, २०८१ शनिबार
एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २ हजार ४५४ जना सहभागी हुदै
बैशाख ८, २०८१ शनिबार
आजको राशिफल कस्तो छ ?
बैशाख ८, २०८१ शनिबार
आजको मौसमः कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा वर्षा हुने
बैशाख ८, २०८१ शनिबार