२२ मंसिर २०७९, बिहीबार

गैंडाको खागसहित गोंगबु बसपार्कबाट दुई जना पक्राउ

प्रकाशित मिति :  ९ आश्विन २०७९, आईतवार १३:१४


९ असोज, काठमाडौं । गैंडाको खागसहित काठमाडौंको गोंगबु बसपार्क क्षेत्रबाट दुई जना पक्राउ परेका छन्। टोखा नगरपालिका–९ बसपार्कस्थित न्यू रुकुमेली गेष्ट हाउसबाट उनीहरुलाई पक्राउ गरिएको हो।

पक्राउ परेकाहरुको विवरण प्रहरीले सार्वजनिक गरेको छैन।प्रहरी वृत्त महाराजगञ्जका प्रमुख तथा डीएसपी अंगुर जिसीको कमाण्डमा खटिएको टोलीले खागसहित आइतबार बिहान ११ बजे दुई जनालाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेहरुमा एक जना महिला र एक जना पुरुष छन्।


52
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा