जुवातास खेल्ने ३५ जना छुट्टाछुट्टै स्थानबाट समातिए
नेपालबहस संवाददाता
असोज ९, २०७९ आइतबार १९:४६:५५
९ असोज, काठमाडौं । देशका विभिनन स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ३५ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी बस्ने २८ वर्षीय राम हरि भण्डारीको टहराभित्र जुवातास खेलिरहेको अवस्थामा पाँच जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५६ हजार १ सय रुपैयाँ, १ बुक तास र १३ थान मोबाइल सहित पक्राउ गरेको हो ।काठमाडौंकै बुढानिलकण्ठ नगरपालिका–११ कपन प्रगति चोक बस्ने लब्जी बहादुर कार्कीको घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जनलााई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ८२ हजार ३ सय ५ रूपैयाँ र ६ बुक तास सहित पक्राउ गरेक हो । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–११ कपन गुरुङटोल बस्ने गोमे गरुङको टहरामा जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग कपनबाट खटीएको प्रहरीले उनीहरूलाई नगद ६३ हजार ५ सय २५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोल बस्ने बलराम थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६४ हजार ८ सय ८० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । कास्कीको पोखरा महानगरपालिका–१० बुद्धचोक बस्ने कुमार कार्कीको युएण्डमी रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख १५ हजार २ सय ५० रूपैयाँ, १ थान सिसिटिभि क्यामेराको हार्डडिक्स, १ थान मनिटर र ४ बुक तास सहित पक्राउ गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार