१८ मंसिर २०७९, आईतवार
प्रशासन

फिस्टेल ओभरसिजकाे ठगीधन्दाः मलेशिया जाने कामदार अलपत्र,पीडितद्वारा म्यानपावर घेराउ

प्रकाशित मिति :  ११ आश्विन २०७९, मंगलवार ११:२४


११ असोज, काठमाडौं । वैदेशिक रोजगार विभागमा दर्ता कायम रहेको दर्ता नं.१२८६/०७४/०७५ फिस्टेल ओभरसिजका सञ्चालकहरु रेशमराज लामिछाने,खीमबहादुर पुन मगर र किसनकुमार लामाले वैदेशिक रोजगारीको लागि मलेशिया,साउदी र कुवेत पठाउने भन्दै सयौं युवायुवतीसँग रकम असुलेर विगत ६ महिना भन्दा बढी समयसम्म रोजगारीमा नपठाएपछि पीडितहरुले फिस्टेल ओभरसिज घेराउ गरेका छन् ।

एजेन्ट र म्यानपावर सञ्चालकहरुले पीडितलाई आज आज र भोलि भोलि भन्दै आएको र वैदेशिक रोजगार विभागमा उजुरी दिन समेत रोकेको पीडित मध्येका प्रदीप रोक्का र रोजल पापाले जानकारी दिए । सञ्चालकहरुले उनीहरुलाई अघोषित बन्दी जस्तै बनाएर राखेका छन् ।

फिस्टेल ओभरसिजले मलेशिया पठाई दिने भन्दै प्रदीप रोक्का र रोजल पापा लगायत करिब दुईदर्जन युवाहरुसँग दुई लाख पचास हजार देखि ३ लाखसम्म असुलेको पीडितहरुले जानकारी दिएका छन् । गत बुधवार उनीहरु पैसा र पासपोर्ट फिर्ता माग्न म्यानपावर पुगेका थिए भने सञ्चालकहरु लुकेका थिए ।

माभेन रिकुटमेन्ट सर्भिस सिनामङ्गलद्वारा मलेशिया जाने कामदारसँग ४ लाखसम्म असुली रकम नदिने अन्तर्वार्तामा छनौट भएनन् । त्यसैगरी वैदेशिक रोजगार विभागमा दर्ता कायम रहेको दर्ता नं.१०८१ का सञ्चालकहरु हरिनारायण साहा,श्यामसुन्दर साहा र आकास आलेले शुन्य लागतको मलेशियाको डिमाण्डमा २ लाख ५० हजारदेखि ४ लाखसम्म रकम असुलेर अन्तर्वार्तामा १०४ जना छनौट गरेका छन् ।

समाचारको विषयलाई लिएर आकाश आलेद्वारा ज्यानमार्ने धम्की,टेलिफोन कल रेकर्ड र सामाजिक सञ्जाल ह्वाट्स यापमा दिएको धम्की सुरक्षित छ ।

अन्तर्वातामा छनौट भएका युवाहरुलाई उनीहरुले बन्द कोठामा थुनेर रकम दिएको कुरा भने भिसा नै रद्द गरिदिने धम्की दिँदै खुलेआम रकम असुलेको सुचना प्राप्त भएको छ । मलेशियाको पीएमबी आलुमिनियम एसडीएन बीएचडी कम्पनीबाट ‘फ्याक्ट्र वर्कर’को १०० जनाको माग पत्र आएको थियो । एजेन्ट प्रेम राजवंशीले जनही ४ लाख असुलेको खुलासा भएको छ भने सञ्चालकहरुले दुई लाख पचास हजारदेखि तीन लाख पचास हजारसम्म रकम असुलेर अन्तर्वार्तामा छनौट गरेका छन् ।

 

 


572
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा