१८ मंसिर २०७९, आईतवार

छिमेक लघुवित्तले बोलायो १० वर्षअघिको नगद लाभांश लिन शेयरधनीलाई

प्रकाशित मिति :  १२ आश्विन २०७९, बुधबार १२:२१


१२ असोज, काठमाडौं । छिमेक लघुवित्तले १० वर्ष पुरानो नगद लाभांश बुझिदिन शेयरधनीसँग आग्रह गरेको छ । कतिपय शेयरधनीले आर्थिक वर्ष २०६९/७० देखि आर्थिक वर्ष २०७७/७८ सम्मको नगद लाभांश लिन नआएपछि कम्पनीले सूचना जारी गरेरै लिन बोलाएको हो ।

यसको लागि लघुवित्तको प्रधान कार्यालय मध्यबानेश्वर, काठमाडौंमा सम्पर्क गरेर नगद लाभांश बुझ्न कम्पनीले अनुरोध गरेको हो ।

यता, तोकिएको समयभित्र नगद लाभांश लिन नगएमा उक्त रकम लगानीकर्ता संरक्षण कोषमा पठाइने कम्पनीले उल्लेख गरेको छ । नगद लाभांश लिन जाँदा सेयर प्रमाणपत्र वा डिम्याट खाता नम्बरका साथै परिचयपत्र बोक्नुपर्नेछ ।

 


143
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा