१८ मंसिर २०७९, आईतवार

सूर्योदय वोमी लघुवित्तको ५६ हजार संस्थापक शेयर लिलामीमा

प्रकाशित मिति :  १२ आश्विन २०७९, बुधबार १२:२९


१२ असोज, काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको ५६ हजार १४ कित्ता संस्थापक शेयर सर्वसाधारणले खरिद गर्न पाउने गरी बिक्रीमा आएको छ ।

कम्पनीले यसअघि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी बिक्री खुला गर्दा वितरण हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाहरूले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।

इच्छुक खरिदकर्ताहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय बनेपा-१३, साँगा, काभ्रेपलान्चोकमा आवेदन पेस गर्नुपर्नेछ । सातजना संस्थापक शेयरधनीहरूले विक्री गर्न चाहेको उक्त शेयरको मूल्य सम्बन्धित सेयरधनीहरूले तोकेबमोजिम हुने जानकारी कम्पनीले दिएको छ ।


156
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा