१८ मंसिर २०७९, आईतवार

मञ्जुश्री फाईनान्स लिमिटेडको २७ औँ शाखा कुमारीपाटीमा

प्रकाशित मिति :  १२ आश्विन २०७९, बुधबार १९:३२


१२ असोज, काठमाडौं । मञ्जुश्री फाईनान्स लिमिटेडले ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं. ०५, कुमारीपाटीमा आफ्नो २७ औं शाखा उद्घाटन गरेको छ ।

मञ्जुश्री फाईनान्स लिमिटेडको संस्थापकअध्यक्षतथा नेपाल सरकारको पूर्व मुख्य सचिव एवं नेपालको तर्फबाट अमेरिकाको लागि राजदुत दामोदर प्रसाद गौतम तथा मञ्जुश्री फाईनान्स लिमिटेडको अध्यक्ष इन्दिरा पण्डित घिमिरेले संयुक्त रुपमा एक समारोहकाबीच उक्त शाखा कार्यालयको उद्घाटन गरेका छन् ।

२०७९ साल भाद्र मसान्त सम्म रु. १ अर्ब ३५ करोड चुक्ता पुँजी एवं रु ५० करोड डिवेन्चर जारी गरेको राष्ट्रिय स्तरको यस फाईनान्सले रु ११.५२अर्ब निक्षेप संकलन गरि रु १०.८८ अर्ब कर्जा परिचालन गरेको छ ।

यसका साथै यस फाईनान्सले विप्रेशण, मोवाइल बैकिंग, इन्टरनेट बैकिंग र ब्त्ःसेवालगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिंदै आएको छ ।


78
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा