नेप्से परिसूचक आज पुनःओरालो, अर्ब पनि पुगेन कारोबार
नेपालबहस संवाददाता
असोज २४, २०७९ सोमबार २१:४०:२६
२४ असोज, काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २७ दशमलव १६ अंकले ओरालो लागेर एक हजार आठ सय ७१ दशमलव २२ मा सीमित भएको छ । आइतबार उच्च अंकले भएको वृद्धि आज भने टिक्न नसक्दा कारोबार रकम पनि अर्ब पनि पुगेको छैन ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव ३६ अंकले ओरालो लागेर तीन सय ६६ दशमलव ८४ मा सिमित भएको छ । कूल दुई सय ३३ कम्पनीको ३१ करोड ५५ लाख छ सय ९६ कित्ता शेयर रु ९७ करोड १७ लाख ६७ हजार सात सय १४ मूल्यमा खरिद बिक्री भए ।
नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये सामूहिक लगानी कोषबाहेक अरु सबै उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । सामूहिक लगानी कोष भने शुन्य दशमलव १२ अंकले उकालो लागेको हो । निर्जीवन बीमा, लघुवित्त, जीवन बीमा, विकास बैंक उपसमूहको शेयर मूल्यमा बढी अंकको गिरावट देखिएको छ । सोमबारको कारोबारपछि बजार पुँजीकरण रु २६ खर्ब ८९ अर्ब ५१ करोड ९१ लाख ३३ हजार आठ सय दुई बराबर रहेको छ ।
नेप्सेका अनुसार कारोबारका आधारमा हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु १६ करोड ५८ लाख ७७ हजार चार सय १४ बराबरको कारोबार भयो । नेपाल इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर रु छ करोड छ लाख १२ हजार ५००, नवील बैंक रु चार करोड ८२ लाख २० हजार दुई सय ६२, हिमालयन डिस्टिलरी रु तीन करोड ५८ लाख ९१ हजार र लुम्बिनी विकास बैंक रु दुई करोड नौ लाख ३९ हजार तीन सय ८३ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।
नेप्सेका अनुसार, अभियान लघुवित्त नौ दशमलव ९९, एनएमबी हाइब्रिड फण्ड एक तीन दशमलव ६७, ग्लोबल आइएमई ब्लालेन्स फण्ड पहिलो तीन दशमलव ४९, एनआइसी एशिया फ्लेक्सी क्याप फण्ड तीन दशमलव २७ र उन्नति सहकार्य लघुवित्तका लगानीकर्ताले दुई दशमलव ६८ प्रतिशतले कमाएका छन् ।
त्यस्तै गरिमा बैंकको ऋणपत्र आठ दशमलव १३, सिभिल लघुवित्त छ दशमलव ३३, कृषि विकास बैंकको ऋणपत्र पाँच दशमलव ८६, कर्णाली डेभलपमेन्ट बैंक पाँच दशमलव ६० र पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले पाँच दशमलव ३८ प्रतिशतले गुमाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय बीमा कम्पनीले माग्यो कार्यकारी प्रमुख
माघ २४, २०८० बुधबार
आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स र सिद्धि स्मृति प्रतिष्ठानबिच नगद रहित सेवा सम्झौता
मंसिर १५, २०८० शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार
आमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार
काठमाडौँ महानगरमा निःशुल्क उपचार, कसरी लिने सेवा ?
बैशाख ७, २०८१ शुक्रबार
वीरगञ्जमा व्यापारी कुशवाह र गुप्ताको गोदामबाट सवा १ करोडका कपडा बरामद
बैशाख ७, २०८१ शुक्रबार
स्वास्थ्य मन्त्रालयको अनुरोध : स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्नु
बैशाख ७, २०८१ शुक्रबार