१८ मंसिर २०७९, आईतवार

सेबोनले माग्यो २३ कर्मचारी, आउँदो कात्तिक ७ गतेसम्म दरखास्त दिन पाइने

प्रकाशित मिति :  २८ आश्विन २०७९, शुक्रबार ११:११


२८ असोज, काठमाडौं । नेपाल धितोपत्र बोर्ड ‘सेबोन’ ले कर्मचारी माग गरेको छ । विभिन्न पदमा दरखास्त खुलाइएको छ । सेबोनले एक सूचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षामार्फत दरखास्त खुलाएको हो ।

जसअनुसार निर्देशक, सहायक निर्देशक र वरिष्ठ सहायक पदका लागि २३ जना कर्मचारी माग गरिएको छ । सेबोनले निर्देशक पदमा ४ जना, सहायक निर्देशक पदमा १६ जना र वरिष्ठ सहायक पदमा ३ जनाका लागि आवेदन खुला गरेको छ ।

इच्छुक उम्मेदवारले आउँदो कात्तिक ७ गतेसम्म सेबोनको ललितपुर खुमलटारस्थित दरखास्त बुझाउन सक्नेछन् । दोब्बर दस्तुर तिरी कात्तिक २४ गतेसम्म दरखास्त दिन सकिनेछ । परीक्षाको किसिम लिखित र अन्तर्वार्ता हुनेछ ।


39
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा