१८ मंसिर २०७९, आईतवार
सहकारीको लापरवाहि
सहकारी

जब विश्वासिलो नाम गरेको सहकारीबाटै रकम चोरी भयो !

प्रकाशित मिति :  ३० आश्विन २०७९, आईतवार १०:४३


♦ दीपक शर्मा
३० साउन,बर्दिया । गाउँघरमा रहेका सहकारीहरूले सामान्य रुपमा गाउँघरमा आफना सदस्यहरुलाई लगानी गर्ने काम गरिरहेको छ ।शहरका ठुला सहकारीहरुले ग्राहकलाई चर्काे व्याजमा लगानी गरिरहेको समाचार बाहिरिएपछि त्यो ठुलो समाचार बन्छ । सायद ठुलो रकम भएर होला ।

तर गाँउघरमा ज्यालामजदुरी तथा एकछाक कम खाएर कमाएको रकम सहकारीमा राख्ने गरिन्छ तर सहकारीमा रकम लिन जादा सहकारीमा राखिएको रकम चोरी भएको छ भन्ने सूचना ग्राहकले पाएपछि उनको मन मात्र खिन्न हुन्न रिस समेत उठने गर्दछ 

बर्दियाको एउटा ग्रामिण गाउँमा यस्तै घटना घटेको छ । जिल्लाको मधुवन नगरपालिका १ सुर्यपटुवामा रहेको विश्वासिलो बचत तथा ऋण सहकारी संस्थाको शाखाको रुपमा रहेको पारिजात सेवा केन्द्रको कार्यालयमा रातीको समयमा प्रवेश गरी रकम रहेको सेफ फोडेर ५ लाख ६२ हजार ५ सय ७१ रुपैया चोरी भएको विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अधिकृत कृष्णप्रसाद शर्माले बताएका छन ।

उनका अनुसार कार्यालयको बाहिर भागमा रहेको च्यानल गेटबाट भित्र प्रवेश गरी रकम रहेको सेफ फोडेर पैसा लुटपाट भएको छ । बिहान कार्यलय खोल्न आउँदा कार्यलयमा तोडफोड भएको देखिएपछि प्रहरीलाई खवर गरिएको शर्माले बताए । असोज २९ गते सो सहकारीको साधारणसभा समेत राखिएको सो सहकारीको साधारणसभामा रकम कसको लापवाहीका कारण हरायो अथवा चोरी भयो भन्ने विषयमा मात्र केन्दित रहयो । यसरी साधारणसभा राखिने त्यसको अघिल्लो रात रकम चोरी हुन त्यति हजम कुरा नभएको स्थानीयबासीहरुको भनाई रहेको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हिक्मतबहादुर बोहराले घटनाको विषयमा अनुसन्धान भैरहेको बताए । साथै उनले घटनाको विषयमा फरकफरक कोणबाट अनुसन्धान गरी सो कार्यमा संलग्नलाई पक्राउ गर्ने बताए । आफुले राखेको रकम चोरी भएको हल्ला सुनेपछि स्थानीयबासी कार्यालयमा पुगेका थिए । आफुले मजदुरी गरी कमाएको रकम भोली केही काम लाग्ने भएको हुँदा अब सो रकम कहिले पाइने हो आफुहरुमा अन्यौल रहेको शिवम थारुले बताए ।

कार्यालयले रकम चोरी भएको बताएपनि घटना शंकास्पद रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । आखिर सेवा केन्द्रले यति धेरै रकम किन कार्यालयमै राखेको थियो, नजिकै रहेको उसको मुख्य कार्यालयमा किन जम्मा गरेन वा किन बैंकमा राखेन भन्ने प्रश्न पनि खडा भएको छ । तर जेहोस प्रहरीको अनुसन्धान नसकिएसम्म यसै भन्न सकिने अवस्था छैन ।


481
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा