१८ मंसिर २०७९, आईतवार
लघुवित्त

आशा लघुवित्तको आईपीओ भर्नुभयो ? आज आवेदन दिने अन्तिम दिन

प्रकाशित मिति :  ३१ आश्विन २०७९, सोमबार ११:४७


३१ असोज, काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाको लिलामी सेयरमा आवेदन दिने सोमबार अन्तिम दिन रहेको छ । कम्पनीले २३ असोजदेखि सात लाख ८९ हजार नौ सय कित्ता संस्थापक समूहको शेयर लिलामीमा ल्याएको हो ।

उक्त शेयर खरीद गर्न इच्छुक योग्य व्यक्तिले आज कार्यालय समयसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको शेयरको मूल्य प्रतिकित्ता ३९५ रुपैयाँ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेस गर्न सक्नेछन् ।

आवेदकले शेयर खरिदका लागि आवेदन दिदा न्यूनतम एक हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम शेयर संख्याका लागि कुनै पनि हद नलाग्ने कम्पनीले जानकारी दिएको छ ।


52
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा