१८ मंसिर २०७९, आईतवार
लघुवित्त

मिथिला लघुवित्तले संस्थापक शेयर लिलामीमार्फत विक्री गर्ने

प्रकाशित मिति :  १ कार्तिक २०७९, मंगलवार १२:५९


१ कात्तिक, काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले २ हजार २५४ कित्ता संस्थापक शेयर कात्तिक १ गतेदेखि लिलामीमार्फत विक्री गर्ने जानकारी दिएको हो ।

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार पहिलो प्राथमिकता कम्पनीका संस्थापक शेयरधनीहरुलाई दिनु पर्ने भएकाले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय ढल्केवर, धनुषामा आईपुग्ने गरी निवेदन दिनुपर्नेछ ।

सेयरधनीले शेयरको मूल्य प्रतिकित्ता रू ५०० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य तोकि बोलपत्र पेस गर्न सक्नेछन् । शेयर खरीदका लागि आवेदन पेस गर्दा न्यूनतम १० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने छ ।


39
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा