युएईको इमिरेट्स इण्डियाबाट इसेवामनी ट्रान्सफरको रेमिट्यान्स सेवा सुरु, ३३ शाखा र अनलाइनमार्फत पठाउन सकिने

नेपालबहस संवाददाता
कात्तिक ६, २०७९ आइतबार २२:२०:४९

६ कात्तिक, काठमाडौं । स्थापनाको दुई बर्षको अवधिमा संसारका २०० भन्दा बढी मुलुकबाट नेपालमा रेमिट्यान्स भित्राउँदै इसेवा मनी ट्रान्सफर र संयुक्त अरब इमिरेट्स्को इमिरेट्स इण्डिया इन्टरनेसनल एक्सचेञ्जबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ।
यो सम्झौता सँगै युएईमा स्थायीरुपमा तथा कामको शिलशिलामा बसोबास गर्दै आएका नेपालीहरुले, इमिरेट्स इण्डियाका संयुक्त अरब इमिरात्स(युएइ) स्थित युएइ,अबुधाबी, सारजाह लगायत अधिकांस स्थानमा रहेका ३३ वटा शाखाबाट सुरक्षित र विश्वासिलो तवरले डिजिटल माध्यमबाट रेमिट्यान्स् पठाउन सकिने छ ।
इमिरेट्स इण्डियामार्फत नेपालमा आफ्ना आफन्तजन तथा इष्टमित्रलाइ, जुनसुकै बैंक तथा वित्तिय संस्थाको खातामा तथा पाउने व्यक्तिको इसेवा वालेट्मा तुरुन्तै रकम पठाउन सकिने छ । यसका साथै इमिरेट्स इण्डियाको वेबसाइटबाट पनि अनलाइनसेवा प्रयोग गरि इसेवामनी ट्रान्सफर मार्फत नेपालमा पैसा पठाउन सकिनेछ भने निकट भविष्यमै कम्पनीको मोबाइल एपबाट पनि यो सेवा उपलब्ध हुनेछ ।
हाल इसेवामनी ट्रान्सफरको “मेरो डिजिटल देश”अभियान जारी रहेको हुनाले इमिरेट्स इन्डियाको माध्यम हुँदै युएईबाट सोझै बैंक खाता वा इसेवा वालेटमा पैसा पठाउँदा ६ महिनाको अवधि सम्म हरेक महिना एक जना सेवाग्राहीले आकर्षक उपहार तथा योजनाको अन्त्यमा एक जनाले काठमाडौंमा घर समेत जित्न सक्नेछन् ।
इमिरेट्स इण्डिया मार्फत आफ्नाआफन्ततथा इष्टमित्रलाई नगद रेमिट्यान्स पनि पठाउन सकिने छ । जसलाई नेपालभर रहेका इसेवामनी ट्रान्सफरका एक लाख १२ हजार भन्दा धेरै एजेन्ट नेटवर्कको सञ्जालबाट प्राप्त गर्न सकिने छ। साथै, इमिरेट्स इण्डिया मार्फत आएको नगद रेमिट्यान्स आफ्नो इसेवावालेट्मा प्राप्त गर्दा सेवाग्राहीले थप रु. २००बोनस समेत पाउने छन् भने मेरो डिजिटल देश अभियानमा सहभागी भइ उपहारहरु जित्न सक्नेछन्।
रेमिट्यान्स् भुक्तानी सम्झौतामा इसेवामनी ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजेस कोइराला र इमिरेट्स इण्डियाका तर्फबाट जनरल म्यानेजर अलीमोहम्मद एलम्रानीले हस्ताक्षर गरेका थिए । इमिरेट्स इण्डियासंगको रेमिट्यान्स सम्झौताबारे सिइओ कोइरालाले भने, “युएइ नेपालीहरुको प्रमुख रोजगार गन्तब्य भएकाले इमिरेट्स इण्डिया जस्तो पहिला देखि नै स्थापित अन्तराष्ट्रिय एक्सचेञ्ज कम्पनीसंग रेमिट्यान्स साझेदारी गर्न पाउँदा एकदमै उत्साहित छौँ। साथै, अनलाइन माध्यमबाट डिजिटल रेमिट्यान्स सेवा उपलब्ध भएकाले पनि सेवाग्राहीहरुलाई यस माध्यमबाट नेपालमा रेमिट्यान्स पठाउन थप सहजता मिल्ने कुरामा पनि हामी विश्वस्त छौँ”।
इमिरेट्स इण्डिया इन्टरनेसनल एक्सचेञ्ज सन् १९८०मा स्थापित भएर युएइमा बैंक ट्रान्सफर, अन्तराष्ट्रिय मुद्रा एक्सचेञ्ज, मोबाइल मनी ट्रान्सफर लगायतका आधुनिक प्रविधिका डिजिटल सेवाहरु प्रदान गर्दै आइरहेको छ। विगत ३ दशक भन्दा बढि समयदेखि ग्राहकहरुलाई आफ्नो मनी ट्रान्सफर लगायतका अन्य सेवाबाट सन्तुष्टि प्रदान गर्दै युएइमा सबैभन्दा बढि रुचाइएको यस कम्पनीले हाल युएइका अधिकांस स्थानमा रहेका ३३ वटा शाखाबाट सेवाग्राहीलाई आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ।
इसेवा मनि ट्रान्सफरले परम्परागत शैलितथा डिजिटल माध्यमबाट इसेवा वालेटका ५० लाखभन्दा बढी प्रयोगकर्ताहरु र ६० भन्दा बढी बैंक खातामा विपे्रषण रकम भित्राउँदै आएको छ । इसेवामनि ट्रानसफरले आफ्ना सेवाग्राहीहरुलाई आफ्ना एक लाख १२ हजार भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका डेढ लाखभन्दा बढी क्यास प्वाइन्ट मार्फत पनिविपे्रषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ । सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्विकृति प्राप्त इसेवामनि ट्रान्सफर, देशभरका एक करोड दशलाख भन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविदेशबाट सिटी पठाऔं, दश गुणा बढी पाऔं” उपहार योजना सार्वजनिक
असोज १५, २०८० सोमबार
‘आइएमई पे डिजिटल दशैँ तिहार’ अफर
असोज १५, २०८० सोमबार
ईसेवाले ल्यायो आफ्नो मर्चेन्टहरुलाई आकर्षक अफर
असोज ९, २०८० मंगलबार
लगातार घटेको सुनको मूल्य तीन सयले बढ्यो
असोज १७, २०८० बुधबार
आजदेखि चट्याङसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन, ४४ जनाले शोधपत्र प्रस्तुत गर्ने
असोज १७, २०८० बुधबार
सिटिजन्स बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने
असोज १७, २०८० बुधबार
एसियाली खेलकुद : नेपाल महिला कबड्डीतर्फ सेमिफाइनलमा प्रवेश
असोज १७, २०८० बुधबार