१९ चैत्र २०७९, आईतवार

नेपाल इको प्यानलको जनरल म्यानेजरमा गोसाई नियुक्त

प्रकाशित मिति :  ९ कार्तिक २०७९, बुधबार ०९:०७


९ कात्तिक, भक्तपुर । भक्तपुरका विक्रम गोसाई नेपाल इको प्यानलको जनरल म्यानेजरमा नियुक्त भएका छन् । नवनियुक्त म्यानेजर गोसाईलाई नेपाल इको प्यानलका सञ्चालकद्धय इन्जिनियर सुवोध त्रिपाठी र इन्जिनियर कृष्णभक्त दुवालले संयुक्त रुपमा स्वागत गरे ।

त्यस अवसरमा उनीहरु दुवैले नवनियुक्त जनरल म्यानेजर गोसाईबाट उर्जा किफायती तथा वातावरणमैत्री निर्माण सामग्रीको आफूहरुको अभियानमा थप बल पुग्ने विश्वास व्यक्त गरे । दुवैजना इन्जिनियर झण्डै साढे एक दशक ‘१५ वर्ष’ देखि ऊर्जा किफायती एवं वातावरणमैत्री निर्माण सामग्री प्रयोगको अभियानमा छन् ।

नवनियुक्त गोसाई ख्वप कलेज भक्तपुरका पूर्वविद्यार्थी हुन् । नेपाल इको प्यानलको कर्पोरेट कार्यालय भक्तपुर नगरपालिका १ सल्लाघारी ‘डा. इवामुरा अस्पतालको अपोजिट’ मा रहेको छ । यसको कारखाना भने भक्तपुरकै चाँंगुनारायण नगरपालिका झौखेलमा रहेको छ । नेपाल इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामग्री हो ।


78
Shares
roadshow real state
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा