१८ मंसिर २०७९, आईतवार
दोहोरो झडप
मधेश प्रदेश

साम्प्रदायिक हिंसा रोक्न महोत्तरीको भँगाहा नगरपालिकामा निशेध आज्ञा जारी

प्रकाशित मिति :  १० कार्तिक २०७९, बिहीबार १९:४८


१० कात्तिक, काठमाडौं । जिल्ला प्रशासनले महोत्तरीको भँगाहा नगरपालिकामा अनिश्चितकालीन कर्फ्यू जारी गरेको छ । दुई पक्षबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले अपराह्न ४ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि निशेधआज्ञा (कर्फ्यू) जारी गरेको हो ।

बिहीबार बिहानैदेखि हिन्दू सेना सम्राट बताउने एक समूह र मुस्लिम समुदायबीच दिनभर झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रशासनले कर्फ्यू आदेश जारी गरेको जनाएको छ । भँगाहामा विहानदेखी नै दुबै पक्ष एकअर्काको प्रतिकारमा उत्रिएका थिए ।

प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीद्वारा जारी कर्फ्यु आदेशमा साम्प्रदायिक सद्भाव खलल पुग्ने गरी बिहीबार भँगाहामा दुई पक्षबीच झडप भएको जनाइएको छ । शान्ति सुरक्षाको स्थिति भंग हुने अवस्था सिर्जना भएकाले कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी पहाडीले जनाएका छन् ।

कर्फ्यु जारी भएका स्थानमा भेला, जुलुस, प्रदर्शन, घेराउ, र सभा नगर्न प्रशासनको आदेशमा भनिएको छ । कर्फ्यु उल्लंघन हुने कार्य गरेमा कडा कारबाही हुने प्रशासनको आदेशमा उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार दक्षिणमा पररियाको सम्पूर्ण क्षेत्र, उत्तर पूर्व ब्रह्मस्थान पररिया र उत्तरमा धर्मपुरभन्दा दक्षिणको भाग, पूर्वमा लोहारपट्टी नगरपालिका वडा नम्बर १ बगडा चोक र पश्चिममा इलाका प्रहरी कार्यालय, लोहारपट्टीनजिकैको पुलसम्म कर्फ्यु आदेश जारी गरिएको छ ।

 

 


273
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा